कीवर्डहरू -

वालेट प्रयोगकर्ता १ करोड ४ लाख १९ हजार ६७८, एक महिनामै थपिए करिब २ लाख

वालेट प्रयोगकर्ता १ करोड ४ लाख १९ हजार ६७८, एक महिनामै थपिए करिब २ लाख

नेपालमा मोबाइल वालेट प्रयोगकर्ता १ करोड ४ लाख १९ हजार ६७८ पुगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यही मंसिरसम्म १ करोड ४ लाख १९ हजार ६७८ डिजिटल वालेट प्रयोगकर्ता रहेका छन् ।

गत कात्तिकमा वालेट प्रयोगकर्ता १ करोड २ लाख ३९ हजार ७ रहेका थिए । एक महिनाको अवधिमा वालेट प्रयोगकर्ता करिब २ लाखले बढेका छन् ।

पछिल्लो समय नेपाल डिजिटल प्रविधिबाट हुने कारोबारमा वृद्धि भइरहेको छ । झन कोरोना महामारीपछि डिजिटल कारोबार गर्नेको संख्या झनै थपिएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिरमा वालेटबाट १५ अर्ब ५२ करोड ८० लाख कारोबार भएको छ । जुन कात्तिककोभन्दा २ अर्बले बढी हो । कात्तिकमा वालेटबाट १३ अर्ब ९४ करोड ९० लाख कारोबार भएको थियो ।

कारोबार रकमसँगै कात्तिकको तुलनामा मंसिरमा कारोबार संख्या समेत थोरै बढेको छ । कात्तिकमा वालेटमा १ करोड ३० लाख ३० हजार ८०४ वटा कारोबार भएको छ । त्यस्तै मंसिरमा १ करोड ३० लाख ८८ हजार ५४३ पुगेको छ ।