बिहीबार, ५ जेठ, २०७९
Thursday, 19 May, 2022

एफटीटीएच उपलब्ध नभएका ठाउँमा टेलिकमको फोरजी नमस्ते वाईफाई, कति पर्छ मूल्य ?

एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।

कम्पनीले फोरजी एलटिई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ ।

माघ ५ गते सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रा.लि. का सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका हुन् ।

फोरजी एलटिई नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत र सरकारी संस्थागत गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । व्यक्तिगत प्याकेज अन्तर्गत अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध छ ।

त्यसैगरी १ वर्षका लागि रु. ९००० मा ७२० जीबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० न्द्य को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० न्द्य प्याक लिन सकिन्छ । 

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १,२०० मा १२० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु. १३,५०० मा १,४४० जीबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिन्छ । 
सरकारी संस्थागत प्याक अन्तर्गतमा रु. ३,६५० र रु. २,१०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ । 

फोरजी एलटिई नमस्ते वाईफाई सेवाको प्याकेज र यसको दर सम्बन्धमा विस्तृत जानकारी यहाँ क्लिक गरी लिन सकिन्छ ।

हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गरेकोले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको छ । 
 

सम्बन्धित समाचार