कीवर्डहरू -

के तपाईको फेसबुक पोष्टमा नराम्रो कमेन्ट आउँछ ? यस्तो छ रोक्ने तरिका

के तपाईको फेसबुक पोष्टमा नराम्रो कमेन्ट आउँछ ? यस्तो छ रोक्ने तरिका

फेसबुक विश्वको लोकप्रिय सामाजिक सञ्जाल हो । फेसबुकका मासिक करोडौं प्रयोगकर्ता छन् । नेपालमा पनि धेरैले फेसबुक प्रयोग गर्ने गर्छन् ।

के तपाई फेसबुक प्रयोग गर्नुहुन्छ र कहिलेकाँही पोष्टमा नचाहिँदो कमेन्टआएको छ ? यदी त्यसो हो भने तपाईले त्यस्ता नचाहिदा कमेन्टलाई रोक्न सक्नुहुन्छ ।

यसका लागि शुरूमा फेसबुक एप वा वेबसाईट खोल्नुपर्छ र प्रोफाइल पेजमा जानुपर्छ । त्यसपछि कुन पोस्टको कमेन्ट बन्द गर्ने हो त्यो पोस्टमा जाने र माथिल्लो दायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिच्नुपर्छ ।

यस पश्चात तपाईको पोस्टमा कसले कमेन्ट गर्न सक्छ भनेर छान्नुपर्ने हुन्छ । त्यहाँ पब्लिक, फ्रेण्ड्स र पिपल एण्ड पेजेज भन्ने अप्सन आउँछन् त्यसबाट आफ्नो फेसबुक साथीले मात्रै कमेन्ट गर्ने भए फ्रेण्ड्स छान्नुपर्छ ।

सबैले गर्न मिल्ने राख्ने भए पब्लिक क्लिक गर्नुपर्छ र त्यो पोस्टमा मेनसन वा ट्याग गरेको मान्छेले मात्रै कमेन्ट गर्न मिल्ने बनाउन पिपल एण्ड पेजेज भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ ।