कीवर्डहरू -

गूगलका सेवामा कुनै समस्या आयो ? सपोर्टसँग यसरी गर्नुहोस् सम्पर्क

गूगलका सेवामा कुनै समस्या आयो ? सपोर्टसँग यसरी गर्नुहोस् सम्पर्क

गूगल एप र सेवाहरु हाम्रो दैनिक जीवनको एउटा भाग बनिसकेको छ । हरेक कामका लागि हामी गूगलनै प्रयोग गर्न थालेका छौँ । तर अरु एप र सेवाझैँ गूगलमा पनि कहिलेकाहीँ समस्या आउन सक्छ ।

समस्या हुँदा गूगल सपोर्टलाई हामीले प्रयोग गर्न सक्नेछौँ । आज हामी गूगल सपोर्टलाई कसरी सम्पर्क गर्नेबारे जानकारी दिदैछौँ ।

यसका लागि सर्वप्रथम क्रोम ब्राउजर मार्फत सपोर्ट डट गूगल डट कममा जानुहोस् । अब तलसम्म स्क्रोल गरेर तपाईलाई कस्टुमर सपोर्ट चाहिएको एप वा सर्भिसमा क्लिक गर्नुहोस् ।

क्लिक गरेपछि थुप्रै प्रश्नहरु भएको नयाँ पेज खुल्ने गर्दछ । आफ्नो प्रश्न जे छ त्यसमा क्लिक गरेर उत्तरको पाउन सकिन्छ ।

त्यहाँ दिएको प्रश्नहरुमा तपाईको जिज्ञासाको उत्तर दिइएको छैन् भने कन्ट्याक्ट अस भन्ने अप्सनमा क्लिक गरेर निड मोर हेल्प सेक्सनमा जानुपर्ने हुन्छ ।

अब तपाईले कुन क्षेत्रमा सहयोग चाहिएको छ भनेर केही विवरण इन्टर गर्नुपर्ने हुन्छ र के प्रश्न छ भन्ने ईन्टर गरेर नेक्सट बटन थिच्नुपर्छ ।

अब प्रिसेट गरिएका प्रश्नहरुबाट आफूलाई मिल्ने प्रश्नमा थिच्नुहोस् । सबैकुरा गरेपछि च्याट बटनमा वा ईमेल बटनमा क्लिक गरेर आफ्नो प्रश्न गूगललाई पठाउन सकिन्छ ।