कीवर्डहरू -

ह्वाट्सएपमा इन्टरनेट बिना नै एचडी फोटो र फाइल पठाउन सकिने सुविधा आउँदै

ह्वाट्सएपमा इन्टरनेट बिना नै एचडी फोटो र फाइल पठाउन सकिने सुविधा आउँदै

ह्वाट्सएपमा अब इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने भएको छ । ह्वाट्सएपले इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने सुविधा ल्याउन लागेको हो । 

यो फिचर रिलिज भएपछि फोटो, भिडियो, म्युजिक र डकुमेन्ट अफलाइन पनि सेयर गर्न सकिने छ । ह्वाट्सएपको फिचर ट्र्याक गर्ने वाबेटाइन्फोले ह्वाट्सएपको यो नयाँ फिचरको बारेमा जानकारी दिएको छ । रिपोर्टले इन्टरनेट बिना सेयर गरिएका फाइलहरू पनि इन्क्रिप्टेड र सुरक्षित हुने दाबी गरेको छ । 

ह्वाट्सएपको यो फिचर हाल बेटा परीक्षण भइरहेको छ । क्वीक सेयर प्रविधिमार्फत ह्वाट्सएपले यो सुविधा परीक्षण गरिरहेको छ । यसबाट दुई नजिकका डिभाइसहरू बीच फाइलहरू सेयर गर्न ब्लुटुथ प्रविधिबाट पठाउन सकिने छ । 

यो सुविधा प्रयोग गर्न, तपाईंले आफ्नो फोटो ग्यालेरीमा ह्वाट्सएप एक्सेस पनि दिनु पर्नेछ । यसबाहेक, लोकेसनका लागि अनुमति पनि दिनुपर्नेछ ।

ह्वाट्सएपमा आउने यो फिचरले एप्पलको एयरड्रप, सेयर ईट र गुगलको क्विक सेयर जस्तै काम गर्नेछ । यस प्रविधिमा, फाइलहरू सेलुलर इन्टरनेट र वाईफाई जडान बिना सेयर गर्न सकिन्छ । तर नयाँ सुविधामार्फत तपाईले इन्टरनेट बिना टाढा बसेका व्यक्तिलाई सन्देश पठाउन भने सक्नु हुने छैन् ।