सूचना
भ्रामक सन्देशमार्फत साइबर ठगी बढ्दै, सचेत रहन नेपाल टेलिकमको आग्रह
काठमाडौं । नेपाल टेलिकमले SMS सेवाको दुरुपयोग गर्दै ConnectIPS लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सतर्क रहन आग्रह गरेको छ ।
टेलिकमले जारी गरेको सूचनाअनुसार केही व्यक्तिहरूले बैंक खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको बहाना बनाउँदै ग्राहकलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गर्ने गरेका छन् । यस्ता गतिविधि फिसिङ (Phishing) प्रकृतिका साइबर ठगीका प्रयास भएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले ग्राहकहरूलाई अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, OTP, Password, PIN, CVV लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न तथा बैंकिङ एवं डिजिटल भुक्तानीसम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाका आधिकारिक माध्यम मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।
त्यस्तै, कुनै पनि शंकास्पद SMS, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन पनि आग्रह गरिएको छ । ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले भ्रामक सन्देश तथा साइबर ठगीका गतिविधिबाट सुरक्षित रहन सबै ग्राहकलाई सचेत रहन अपिल गरेको छ ।

सूचना
‘ह्याक फर सेफ्टी’ आयोजना गर्दै नेपाल प्रहरी, देशभरका टेक प्रतिभालाई सहभागी हुन आह्वान
काठमाडौं । नेपाल प्रहरीले पहिलो पटक सरकारी स्तरमै प्रविधिमा आधारित ‘ह्याकाथन’ प्रतियोगिता आयोजन…
राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन आह्वान
काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान …
दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मद्रण केन्…
युवा उद्यमी खोज्दै राष्ट्रिय युवा परिषद्, आवेदन दिने म्याद थप
काठमाडौं । राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रतियोगिताका लागि आवेदन दिन थप समय दिएको छ ।…
सार्वजनिक खरिदमा डिजिटल रूपान्तरण: अब बोलपत्र आह्वान गर्दा पत्रिकामा सूचना आवश्यक नपर्ने
काठमाडौं । सरकारले नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ मार्फत सार्वजनिक खर…
नि:शुल्क उद्यमशीलता तालिममा आवेदन खुला, कसरी सहभागी हुने ?
काठमाडौं । उद्यमशीलतामा रुचि राख्ने व्यक्तिहरूका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नि:शुल्क तालिम कार्यक्र…
क्लासिक टेकमा रोजगारी अवसर खुला : देशभर सेवा विस्तारका लागि ठूलो भर्ना
देशभर सेवा विस्तार गर्दै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रोजगारी अवसर खुला गरेको छ। कम्पनीले हालै फिल्ड इन्जिनिय…
ई-कमर्स सूचीकरण गर्न विभागले दियो साउन २ गतेसम्मको समय, के के चाहिन्छन् कागजात ?
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापार (ई-कमर्स) मार्फत आफ्ना वस्तु तथा सेवा विक्रि गर्ने व्यवसायीहरूलाई साउ…
डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन सूचना प्रविधि विभागको अनुरोध
सूचना प्रविधि विभागले डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन अनुरोध गरेको छ । डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्च…
नो अब्जेक्सन लिएर मात्रै विदेशी दूरसञ्चार सेवा प्रदायकको सिम र रिचार्ज बिक्री गर्नु: प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले नो अब्जेक्सन लिएर मात्रै विदेश यात्रा गर्ने व्यक्तिहरूलाई सिमकार्ड र रिचार्ज कार्ड बिक्री गर्न अनुरोध गरे…
५ हजारसम्मको नगद तथा उपहार दिने भन्दै गरिएको प्रचार झुटो हो: नेपाल टेलिकम
नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार रूपैयाँसम्मको नगद तथा उपहारको व्यवस्था गरेको…
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदको लागि आवेदन…
आस्था ज्योतिष एप सार्वजनिक, ज्योतिषीहरुसँग परामर्श गर्न सकिने
नेपाली ज्योतिषी प्लेटफर्म आस्था ज्योतिष एप सार्वजनिक भएको छ । केही समय अगाडि आस्था ज्योतिष प्लेटफर्म अन्तर्गत
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक चलिरहेको भए जानकारी दिन आग्रह गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटकमा पह…
टिकटक चलिरहेको भए जानकारी दिन दूरसञ्चार प्राधिकरणको आग्रह
तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, परियोजना पेश गर्न आह्वान
सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रत…