अवयरनेस
सरकारी कार्यालयलाई साइबर सुरक्षा एडभाइजरी: ३-३ महिनामा पासवर्ड चेन्ज गर्नुपर्ने, एसएसएल अनिवार्य
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका सूचना प्रविधि प्रणालीहरूलाई सुरक्षित बनाउन एड्भाइजरी जारी गरेको छ ।
पछिल्लो समय सरकारी प्रणालीहरूमा साइबर आक्रमणका घटना बढ्दै गएपछि केन्द्रले ८ पेजको एभाइजरी जारी गरेको हो ।
केन्द्रले सरकारी कार्यालयलाई वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज, नेटवर्क सुरक्षा, डेक्स्टप, ल्यापटप, प्रिन्टर पासवर्ड व्यवस्थापन, इन्टरनेट ब्राउजिङ, इमेल तथा फिसिङ अट्याक, रिमुभेबल मिडिया, सामाजिक सञ्जाल र मोबाइल सुरक्षा सम्बन्धि एडभाइजरी जारी गरेको छ ।
एड्भाइजरी अनुसार सूचना प्रविधि प्रणाली अपडेट गर्ने र समयानुकूल सुरक्षित फ्रेमवर्क व्यवस्थापन गर्ने, सेक्युरिटी अडिट गर्ने, जेनियुन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयहरू मात्र प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
डेटाको नियमति ब्याकअप राख्ने, बिजनेस कन्टिन्युटी प्लान तयार गर्न, सोर्स कोड अध्यावधिक गर्न, वेबसाइटमा र एप्लिकेसनमा अनिवार्य एसएसएल इन्स्टल गर्न, आईपी क्यामेरासहितको सर्भिलेन्स प्रणाली जडान गर्न, पाइरेटेड सेफ्टवेयर तथा एप्लिकेसन प्रयोग नगर्न केन्द्रले भनेको छ ।
यस्तै पासवर्ड सुरक्षासम्बन्धि एड्भाइजरीमा प्रत्येक ३-३ महिनामा पासवर्ड परिवर्तन गर्न, मिश्रित क्यारेक्टतसहितको सहजै अनुमान गर्न नसकिने पासवर्ड राख्ने, मल्टी फ्याक्टर अथेन्टिकेसन राख्न, एउटै पासवर्ड धेरै ठाउँमा प्रयोग नगर्न पनि एड्भाइजरीमा भनिएको छ ।
यस बाहेक पाइरेटेड कन्टेन्ट डाउनलोड नगर्न, अपरिचित व्यक्तिबाट आएको इमेल नखोल्न, महत्त्वपूर्ण इमेल पब्लिक वाईफाईबाट नखोल्न, एन्टिभाइरस प्रयोग गर्न, सरकारी इमेल सामाजिक सञ्जालमा शेयर नगर्न, गूगल प्ले स्टोर र एप स्टोरबाट मात्रै एप डाउनलोड गर्न लगायतका सुझाव दिएको छ ।
यस्तो छ एड्भाइजरी
अवयरनेस
ह्याकरले फेला पारे पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्ने तरिका, बच्ने कसरी ?
ह्याकरहरूले पासवर्डबिना गूगल अकाउन्टमा पहुँच गर्न सक्ने तरिका फेला पारेका छन् । एक अनुसन्धानमा ह्याकरहरूले अथेन्टिकेसन कुकिजको स…
सामाजिक सञ्जालको दूरूपयोग गरी ठगी हुँदै, जोगिन र प्रलोभनमा नपर्न प्रहरीको अनुरोध
विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी झूठा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको हुँदा यस्ता झूठाअश्वासनमा नपरी,…
अनलाइनबाट कारोबार गर्दा आधिकारिक अकाउन्ट एकिन गरेर मात्र कारोबार गर्न प्रहरीको अनुरोध
सामाजिक संजालमार्फत कारोबार गर्दा सम्बन्धित पेज र अकाउन्ट आधिकारिक हो वा होईन एकिन गरेर मात्र कारोबार गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ ।