कीवर्डहरू -

गण्डकी

छात्रवृत्तिमा कक्षा ११ अध्ययनका लागि पोखरा महानगरद्वारा आवेदन आह्वान

पोखरा । पोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमार्फत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको छ । महानगरपालिकाको शिक्षा महाशाखाले सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ का लागि संस्थागत विद्यालयहरूमा लक्षित वर्गअन्तर्गत छात्रवृत्ति कोटामा भर्ना प्रक्रिया सुरू गरिएको जनाएको हो ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार पोखरा महानगरभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने नेपाल राज्यभित्रका विद्यार्थीहरूले जेठ १ गतेदेखि जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन शिक्षा महाशाखा, पोखरा १७ मा आवश्यक कागजातसहित पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

छात्रवृत्तिका लागि दलित, जनजाति, विपन्न, द्वन्द्वपीडित, सहिद परिवार, बेपत्ता परिवार, जनआन्दोलन घाइते परिवारलगायत लक्षित वर्गका विद्यार्थीहरू आवेदन दिन योग्य हुनेछन् ।

आवेदनसँगै एसईई उत्तीर्ण ग्रेडसिटको प्रतिलिपि, सम्बन्धित निकायको सिफारिस पत्र, वडा कार्यालयबाट प्रमाणित नाता प्रमाणपत्र तथा आवश्यक अन्य प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले आवेदन फारम pokharamun.gov.np बाट डाउनलोड गर्न सकिने जनाएको छ । छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य राखिएको शिक्षा महाशाखाले जनाएको छ ।

null

गण्डकी

पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने

गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…

अब अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने, गण्डकी प्रदेशबाट सुभारम्भ

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । पहिलो च…

गण्डकी प्रदेशले दिएन आविष्कार केन्द्रलाई १० करोड 

गण्डकी प्रदेशले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भनेको १० करोड अनुदान अझै नदिएको क…

गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने, आफ्नै डाटा सेन्टर सञ्चालन गर्न ५ करोड बजेट

गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २…

गण्डकी प्रदेशमा पहिलो पटक नेपाल पुलिस मोबाइल एपको सुरूवात ‍

नेपाल प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य…

गण्डकी प्रदेशमा टेलिकमको प्रादेशिक निर्देशनालय स्थापना

नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति यही गत मंसिर १९ को निर्णय बमोजिम मुलु…