कीवर्डहरू -

गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने, आफ्नै डाटा सेन्टर सञ्चालन गर्न ५ करोड बजेट

गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने, आफ्नै डाटा सेन्टर सञ्चालन गर्न ५ करोड बजेट

गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) ले सूचना प्रविधि पार्क स्थापना गर्ने बताएका हुन् ।

प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको सूचना प्रविधि पार्क स्थापनाको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिन ३ करोड ७० लाख रूपैयाँ विनियोजन गरेको उनले बताए ।

साथै प्रदेशमा डाटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने छ । डाटा सेन्टर/सर्भर खरिदका लागि ५ करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।