कीवर्डहरू -

गण्डकी प्रदेशले दिएन आविष्कार केन्द्रलाई १० करोड 

गण्डकी प्रदेशले दिएन आविष्कार केन्द्रलाई १० करोड 

गण्डकी प्रदेशले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भनेको १० करोड अनुदान अझै नदिएको केन्द्रका संस्थापक महावीर पुनले बताएका छन् ।

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० को बजेटमा अनुसन्धान र नवप्रवर्तनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ दिने अनुदान दिने भनेको थियो ।

तर आर्थिक वर्ष सकिन केही महिना बाँकी रहँदा पनि आविष्कार केन्द्रले अनुदान पाउन सकेको छैन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले मन्त्रालयका कर्मचारीको ढिलासुस्ती र राजनैतिक फेरबदलका कारण १० करोड रूपैयाँ नपाएको बताए ।

गण्डकी प्रदेशले दिने भनेको अनुदान नपाएपनि आविष्कार केन्द्रले आफ्नै खर्चमा पुस महिनादेखि काम सुरू गरिसकेको छ ।

यता गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले यस प्रक्रियालाई छिट्टै टुंगोमा पुर्‍याउने छ ।

‘मन्त्रीज्युको समय अनुकल मिलेको छैन् । समय मिलेपछि बैठक बसेर टुंगोमा पुर्‍याउँछौं,’ उनले भने, ‘सकेसम्म छिट्टो टुङ्ग्याउने गरी काम गर्छौं ।’