एप्लिकेसन
ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई १.४ मिलियन अमेरिकी डलर जरिवाना
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्डर डी मोरेसले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) लाई ८.१ मिलियन ब्राजिलियन रियल (झन्डै १.४ मिलियन अमेरिकी डलर) जरिवाना तिराएको छ ।
एक्सले अदालतको आदेशको उल्लंघन गर्दै एलन डस सान्टोसको प्रोफाइलसँग सम्बन्धित पञ्जीकरण डेटा प्रदान गर्न अस्वीकार गर्दै ब्राजिलको सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो ।
डी मोरेसले जुलाई २०२४ मा आदेश जारी गर्दै एक्स र मेटालाई सान्टोसको एकाउन्ट ब्लक गर्न, प्रतिबन्ध लगाउन र त्यसको डेटा अदालतलाई प्रदान गर्न निर्देशन दिएका थिए ।
एक्सले अकाउन्ट त ब्लक गर्यो तर प्रयोगकर्ताको डेटा नभएको दाबी गरेको थियो । किनभने त्यो डेटा सङ्कलन गरिएको थिएन र प्रयोगकर्ताको ब्राजिलसँग कुनै प्राविधिक सम्बन्ध पनि थिएन । तर न्यायाधीश डी मोरेसले यो तर्क अस्वीकार गर्दै डेटा नदिएको कारण उसलाई दैनिक १००,००० ब्राजिलियन रियल (झन्डै १७,५०० अमेरिकी डलर) जरिवाना गरिएको छ ।
अक्टोबरसम्म यो जरिवाना ८.१ मिलियन ब्राजिलियन रियल पुगेको थियो । एक्सले यो जरिवानाविरुद्ध अपिल गरेको थियो, तर पछि कम्पनीले अदालतलाई जरिवाना तिर्न तयार रहेको जानकारी दिएको थियो ।
बुधबारको निर्णयमा, अदालतले एक्सलाई तुरुन्तै पूरा रकम तिर्न आदेश दिएको थियो । तर एक्सले अझै पनि अदालतको अनुरोधअनुसार पञ्जीकरण डेटा उपलब्ध गराएको छ या छैन भन्ने कुरा स्पष्ट छैन् ।
डी मोरेस र एलन मस्कबीचको विवाद
गत वर्ष, डी मोरेसले एक्सविरुद्ध अर्को कदम चालेका थिए, जब कम्पनीले ब्राजिलमा आफ्ना सबै कर्मचारी हटाउने योजना बनाएको थियो। त्यसबेला उनले ब्राजिलमा एक्सका कानुनी प्रतिनिधिलाई पक्राउ गर्ने धम्की दिएका थिए।
ब्राजिलको कानून अनुसार, विदेशी कम्पनीहरूले देशभित्रै कानुनी प्रतिनिधि नियुक्त गर्नुपर्छ, ताकि अदालतका आदेशहरू पालना गरियोस्। एलन मस्क र न्यायाधीश डी मोरेसबीच अभिव्यक्ति स्वतन्त्रता, दक्षिणपन्थी विचारधाराका खाता तथा गलत सूचनासम्बन्धी विवाद चलेको थियो।
मस्कले डी मोरेसलाई अभिव्यक्ति स्वतन्त्रताको शत्रु तथा अपराधी भनेका थिए। तर डी मोरेसका निर्णयहरू बारम्बार उनका सहकर्मीहरूले समर्थन गरेका छन्, जसमा एक्सलाई राष्ट्रव्यापी बन्द गर्ने र जरिवाना लगाउने आदेशहरू पनि समावेश छन्।
एप्लिकेसन
ह्वाट्सएपको 'भ्यू वान्स' बग सुधार, अब पठाइएको सामाग्री बारम्बार हेर्न मिल्दैन
ह्वाट्सएपले अगस्ट २०२१ मा तस्वीरहरू र भिडियोहरूको लागि ’भ्यू वान्स’ फिचर सार्वजनिक गरेको थियो र डिसेम्बर २०२३ मा यस…
थ्रेड्समा अब विज्ञापन देखिने, परीक्षण सुरू
मेटाको सामाजिक सञ्जाल थ्रेड्समा अब विज्ञापन देखिने भएको छ । मेटाले थ्रेड्समा विज्ञापन परीक्षण गर्न थालेको हो ।
इन्स्टाग्रामले घोषणा गर्यो नयाँ भिडियो एडिटिङ एप ‘एडिट्स’, क्यापकटलाई टक्कर दिने
इन्स्टाग्रामले क्यापकट जस्तै भिडियो एडिटिङ एप एडिट्सको घोषणा गरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले एडिट्स नामक भिडियो एडिटि…
लिङ्क्डइनको एआई जब म्याच फिचर, रोजगारीका लागि कत्तिको योग्य छन् भनेर जानकारी दिने
लिङ्क्डइनले एआईमा आधारित जब म्याच फिचर सुरू गरेको छ । यो फिचर रोलआउट हुन सुरू भएको छ ।
प्यारोडी अकाउन्टका लागि एक्सले थाल्यो प्रोफाइल लेबल
एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले प्यारोडी अकाउन्टका लागि प्रोफाइल लेबल लागू गर्न सुरू गरेको छ ।
…इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीहरू पनि सिफारिस गर्ने
मेटाले आफ्नो कन्टेन्ट मोडरेसन र नियमहरूमा परिवर्तन गर्न खाजेको छ । इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीलाई सिफारिसहरूमा सम…
इन्स्टाग्राममा लाइभ लोकेशन फिचर सार्वजनिक
मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ । यस नयाँ अपडेटपछि तपाईँ आफ्ना साथीहरूसँग…
ह्वाट्सएपले ल्यायो भ्वाइस सन्देशलाई टेक्स्टमा रूपान्तरण गर्ने नयाँ सुविधा
ह्वाट्सएपले बिहीबार एउटा नयाँ सुविधा जारी गरेको छ, जसले भ्वाइस सन्देश सेयर गर्न झन् सजिलो बनाउनेछ । कम्पनीले ह्वाट्सएपको ए…
१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धित गर्ने विधेयक अष्ट्रेलियामा पेश
अष्ट्रेलियाको सरकारले बिहीबार संसदमा नयाँ विधेयक पेश गरेको छ । यस विधेयकको उद्देश्य १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूका लाग…
नेपालमा पहिलो पटक टिकटक आधिकारिक रूपमा दर्ता, साइबर सुरक्षा र पर्यटन प्रवर्द्धनमा सघाउने प्रतिबद्धता
नेपालमा पहिलो पटक सामाजिक सञ्जाल टिकटक आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार …
इन्स्टाग्रामद्वारा क्रिएटरहरूका लागि डिएम फिल्टरिङ्ग फिचर सार्वजनिक, म्यासेज व्यवस्थित गर्न सजिलो हुने
इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ, जसले क्रिएटरहरूका लागि अन्य क्रिएटर र व्यवसायसँग कुराकानी गर्न सजिलो बनाउनेछ । यो फि…
अब लो-लाइटिंगमा पनि स्पष्ट भिडियो कल गर्न सकिने, धेरै उपयोगी छ ह्वाट्सएपको यो नयाँ फिचर
केही दिनअघि ह्वाट्सएपमा भिडियो कलिंगका लागि नयाँ फिचर थपिएको थियो । यसले लो–लाइट मोड प्रदान गर्नेछ, जसले ह्वाट्सएपमा रा…
टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन वर्कशप आयोजना
नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न …
अब ह्वाट्सएपबाटै रिल हेर्न सकिने
ह्वाट्सएपको प्रयोग फोटो–भिडियो सेयरिंग र टेक्स्ट गर्ने मात्रै होइन, भिडियो कलिङको लागि पनि गरिन्छ । तर अब तपाईं ह्वाट्सएपबा…
किशोरकिशोरीको सुरक्षाका लागि इन्स्टाग्राममा आउँदैछ टीन अकाउन्ट सुविधा
मेटाको लोकप्रिय फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्रामको प्रयोग धेरै देशमा भइरहेको छ । यो प्लेटफर्मसँग किशोर अवस्थामा रहेका बालाबालिक…