कीवर्डहरू -

एप्लिकेसन

राकुटेन भाइबरले प्राप्त गर्‍यो एसओसी टु टाइप टु सर्टिफिकेसन

सामाजिक सञ्जाल राकुटेन भाइबरले सर्भिस अर्गनाइजेसन कन्ट्रोल (एस.ओ.सी) टु टाइप टु प्रमाणीकरण पाएको छ ।

एसओसी टु अमेरिकन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक अकाउन्ट (AICPA) द्वारा विकसित गरिएको लेखापरीक्षण मानक हो । 

ग्राहक डेटाको सुरक्षा, उपलब्धता, निजत्व र गोपनीयता सुनिश्चित गर्न यसको डिजाइन गरिएको हुन्छ ।

विश्वको सबैभन्दा ठूलो व्यवसायिक सेवा फर्महरूमध्ये एक अर्न्स्ट एन्ड यंगद्वारा सञ्चालित लेखापरीक्षणले राकुटेन भाइबरको सूचना सुरक्षा अभ्यास, नीति, प्रक्रिया र सञ्चालनहरूले एसओसी टु मापदण्डहरू पूरा गरेको जनाएको छ । 

भाइरबका भीपी इन्जिनियरिंग र सीआइएसओ लियाड श्नेलले एसओसी टु टाइप टु प्रमाणीकरण प्राप्त गर्नु राकुटेन भाइबरको लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए । 

‘हाम्रा प्रयोगकर्ताहरूको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न हाम्रो अटल प्रतिबद्धताको प्रमाण हो,’ उनले भने, ‘हामी ग्राहकको डेटाको गोपनीयतामा प्राथमिकता दिने तथा सुरक्षित र भरपर्दो सन्देश प्लेटफर्म प्रदान गर्न प्रयास गर्नेछौं।’

एसओसी टु कम्प्लायन्सको अतिरिक्त राकुटेन भाइबरले आफ्नो पूर्वाधारमा अतिरिक्त तहहरू थपेर र आफ्नो प्लेटफर्मको निगरानी बढाएर धेरै सुधारहरू गरिरहेको छ । 

सन् २०१६ मा भाइबर सबै प्राइभेट वान अन वान ग्रुप च्याट र भिडियो कलहरूमा एण्ड-टु-एण्ड इन्क्रिप्सन लागू गरेको थियो । 

एप्लिकेसन

अब स्न्यापच्याटमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने, एआई रिमाइन्डरको सुविधा थप हुँदै

अब स्न्यापच्याटमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने भएको छ । पठाएको म्यासेज पनि एडिट गर्न सकिने गरी स्न्याटच्याटले नयाँ फिचर ल्या…

टेलिग्राममा एकैसाथ थपिए विभिन्न फिचर, अब लुकेर स्टोरी पनि हेर्न सकिने

मेसेजिङ एप टेलिग्रामले एकैसाथ धेरै नयाँ फिचरहरू ल्याएको छ । नयाँ अपडेट पछि, तपाई गोप्य रूपमा कुनै पनि टेलिग्राम प्रयोगक…

थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता १५ मिलियन

मेटाको थ्रेड्स एप १५ करोड बढीले प्रयोग गर्न थालेका छन् । फेब्रुअरी देखि २० मिलियन प्रयोगकर्ता थ्रेड्समा जोडिएका छन् । 

टिकटकको बदला लिदै चीन, ह्वाट्सएप र थ्रेड्सलाई एप स्टोरबाट हटाउन आदेश

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको परिणाम मेटाले सामना गरिरहेको छ । अमेरिकामा चिनियाँ एप टिकटकले धेरै नियामक मापदण्…

विश्वको पहिलो एआई प्रतियोगिता मिस एआई घोषणा, यसरी हुनेछ विजतेाको छनौट

विश्वको पहिलो एआई इन्फ्लुएन्सर प्रतियोगिता मिस एआई घोषणा भएको छ । यस प्रतियोगितामा उत्कृष्ट र प्रभावकारी  एआई मोडल छनोट गरि…

थ्रेडमा सर्च गर्न सजिलो बनाउने फिचर आउँदै

थ्रेड्समा कुनै पनि विषय सर्च गर्न सजिलो बनाउने गरी नयाँ फिचरमा काम गरिरहेको छ । मेटाले थ्रेड्समा रिसेन्ट फिल्टरक…

राइड शेयरिङ प्लेटफर्म जाऔंबाट पहिलो पटक यात्रा गर्नेलाई शतप्रतिशत क्यासब्याक

डेढ वर्ष अघि सञ्चालनमा आएको राइड शेयरिङ प्लेटफर्म ‘

अब मेसेन्जरमार्फत पनि एचडी फोटो पठाउन सकिने

अब फेसबुक मेसेन्जरबाट पनि राम्रो गुणस्तर अर्थात एचडी क्वालिटीको फोटो पठाउन सकिने भएको छ ।  एचडी क्वालिटीको फोट…

इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गर्दै मेटा

मेटाले इन्स्टाग्राममा एआई पावर्ड सर्चबार परीक्षण गरिरहेको छ । कम्पनीले इन्स्टाग्रामको सर्च बार र च्याटमा मेटा एआई राख्ने गरी परीक्षण …

एक्सको आइओएस एपमा पासकी फिचर उपलब्ध

लामो प्रतीक्षापछि एक्सले सबै आईओएस प्रयोगकर्ताहरूको लागि पासकी सेवा सुरू गरेको छ । गत जनवरीमा पासवर्डको विकल्पमा पासकी फि…

गुगलको एन्ड्रोइड एपका लागि ठूलो अपडेट, अब जेमिनाई एआई सेवा एक क्लिकमा उपलब्ध हुने

गुगलले आफ्नो एन्ड्रोइड एपलाई आईओएस जस्तै बनाइदिएको छ । अब प्रयोगकर्ताहरूले एपमा जेमिनाई एआई सजिलैसँग पहुँच गर्न सक्नेछन् । हाल क…

काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने भएको छ । 

महान…

मेटाले डिपफेकबाट जोगाउन एआई जेनेरेटेड सामग्रीमा लेबल टाँस्दै, नयाँ नियम मेदेखि लागू हुने

सामाजिक सञ्जाल समूह मेटाले मे महिनादेखि फेसबुकलगायत आफ्ना सबै प्लेटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जेनेरेट गरिएको साम…

ह्वाट्सएपमा नयाँ सेक्युरिटी फिचर आउँदै, लक गरिएको डिभाइसमा च्याट हेर्नका लागि कोड हाल्नुपर्ने

मेटाले लामो समयदेखि आफ्नो मल्टिमिडिया मेसेजिङ एप ह्वाट्सएपको गोपनीयता र सुरक्षामा काम गरिरहेको छ । पछिल्लो समय ह्वाट्सएपमा …

ट्वीटरमा धेरै फलोअरहरू भएमा निःशुल्क प्रिमियम सेवा प्रयोग गर्न पाइने

ट्वीटरमा धेरै सब्सक्राइबर भएमा प्रिमियम फिचर प्राप्त गर्न सकिने भएको छ । प्रिमियम सेवा अन्तर्गत प्रयोगकर्ताहरूले पोस्ट सम्पादन गर्ने, …