कीवर्डहरू -

ग्याजेट्स

एप्पलले तीन वर्षपछि ल्यायो इन्ट्री लेभलको फोन ‘आईफोन १६ ई’, कति छ मूल्य ?

एप्पलले तीन वर्षपछि अन्ततः इन्ट्री लेभलको आईफोन सार्वजनिक गरेको छ । आईफोन १६ ईले कम्पनीको लाइनअपमा आईफोन एसईलाई प्रतिस्थापन गरेको छ । 

यो फोन आइफोन १४ को डिजाइनमा आएको छ । नयाँ प्रोसेसर ए१८ राखिएको आईफोन १६ ईले एप्पल इन्टेलिजेन्स समेत सपोर्ट गर्नेछ । यसको मूल्य ५९९ अमेरिकी डलर तोकिएको छ । 

आईफोन १६ ई एप्पलको इन्ट्री लेभलेको मोडेल हो जसले आईफोनको आधुनिक पूर्ण-स्क्रिन डिजाइन अपनाएको छ । त्यसैले, यो पहिलो मोडेल हो जसमा फेस आईडी समावेश गरिएको छ । 

६.१ इन्चको डिस्प्लेसहित आएको यसमा लाइटनिङको सट्टा युएसबी सी पोर्ट छ । पुरानो आईफोन एसई मोडेलहरू जस्तै, यसको पछाडि केवल एक क्यामेरा लेन्स छ । तर, यो ४८ मेगापिक्सेलको  ‘2-in-1’ क्यामेरा हो, जसले इन्टिग्रेटेड टुएक्स जूम प्रदान गर्छ । 

यसमा एक्सन बटन पनि छ, जुन आईफोन १५ प्रोमा पहिलो पटक देखिएको अनुकूलन गर्न मिल्ने भौतिक सर्टकट बटन हो । अर्कोतर्फ, यसमा म्यागसेफ चार्जिङ छैन, जसले महँगो आईफोन मोडेलहरूमा पाइने वायरलेस चार्जिङ भन्दा सीमित छ । 

यसले क्युआई वायरलेस चार्जिङलाई ७.५ वाटसम्म समर्थन गर्छ । यसमा प्रयोग गरिएको चीपमा केवल चार जीपीयु कोर छन् । साथै, यो पहिलो आईफोन हो जसमा एप्पलको आफ्नै सीवान मोडेम छ । यसमा अल्ट्रा वाइडब्याण्ड फाइभजी र वाईफाई सेभेन जस्ता सुविधाहरू गुमाएको छ ।

नयाँ आईफोन १६ ई, १२८ जीबी, २५६ जीबी र ५१२ जीबी भण्डारण विकल्पहरूमा उपलब्ध हुनेछ। तपाईं यसलाई कालो र सेतो रंगमा अर्डर गर्न सक्नुहुन्छ। फेब्रुअरी 21 देखि नयाँ आईफोन १६ ईको प्रि-अर्डर गर्न सक्नुहुन्छ, र यसको आधिकारिक वितरण फेब्रुअरी 28 मा सुरु हुनेछ ।

ग्याजेट्स

उच्च प्रदर्शन र उत्कृष्ट ब्याट्री लाइफसहित अनर एक्स नाइन सी फाइभ जी नेपालमा चाँडै लन्च हुँदै

नेपाली स्मार्टफोन बजारमा नयाँ प्रविधि र विशेषतासहित अनर एक्स नाइन सी फाइभ जी चाँडै आउने भएको छ। अनर एक्स नाइन बी फाइभ जीको सफलतापछि सेलट्रोन नेपालल…

नेपालमा ग्यालेक्सी एस २५ सिरिजको प्रि-अर्डर सुरू, कति छ मूल्य ?

सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ अल्ट्रा, ग्यालेक्सी एस २५ प्लस र ग्यालेक्सी एस २५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घ…

घट्यो स्मार्टफोन रेड्मी १३ को मूल्य

शाओमीले नेपाली ग्राहकहरूको लोकप्रिय स्मार्टफोन रेड्मी १३ को मूल्य घटाएको छ । कार्यक्षमता र आकर्षक डिजाइनको संयोजन भएको रेड्मी १३ …

बिस्पोक एआई ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा

नेपालको लोकप्रिय र भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै, सामसङ नेपालले नयाँ बि…

स्मार्टवाच वा स्मार्ट रिङ : सही उपकरण छनोट गर्न यी कुराहरुमा ध्यान दिनुहोस्

यदि तपाईं स्मार्टवाच वा स्मार्ट रिङ किन्न योजना गरिरहनुभएको छ र कुन उपकरण छनोट गर्ने भन्ने विषयमा द्विविधामा हुनुहुन्छ भने, यो ल…

सामसंग ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक: २०० एमपी क्यामेरा र ७ वर्षको अपडेट ग्यारेन्टीसहित उपलब्ध

सामसंगले आफ्नो ग्यालेक्सी अनप्याक्ड इभेन्टमा तीन नयाँ स्मार्टफोन सामसंग ग्यालेक्सी एस २५, सामसंग ग्यालेक्सी एस २५ प्लस, र सामसंग ग्या…

ग्यालेक्सी एस२५ सिरिज लन्च गर्ने तयारीमा सामसङ

२२ जनवरीमा आयोजना हुने ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’मा सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक गर्ने तयारी…

टेक्नो फ्यान्टम भी फोल्ड टु स्मार्टफोन नेपाली बजारमा

टेक्नोले नेपाली बजारमा आफ्नो नवीनतम उत्पादन टेक्नो फ्यान्टम भी फोल्ड २  फाइभजी  सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा न…

आईफोन १७ एयर ल्याउँदै एप्पल, अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने

एप्पल आईफोन १७ एयरको लन्च गर्ने तयारीमा छ । रिपोर्टहरुका अनुसार कम्पनीले नयाँ आईफोन मोडेलमा काम सुरु गरिसकेको छ । पछिल्लो रिप…

ईसीजी सुविधासहित सर्कुलर रिङ २ को घोषणा, कति पर्छ मूल्य ?

कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ मा स्मार्ट रिङ निर्माता कम्पनी सर्कुलर रिङले रिग २ को घोषणा गरेको छ । आफ्नो पहिलो स्मार्ट रि…

सामसङका टिभीमा पनि अब लाइभ ट्रान्सलेट सुविधा

सामसङले अब टिभीमा लाइभ ट्रान्सलेट सुविधा ल्याउने भएको छ । सीईएस २०२५ मा फोन र ट्याबलेटमा लोकप्रिय लाइभ ट्रान्सलेट सुविधा टिभीम…

सन् २०२५ को पहिलो त्रैमासिकमा आईफोन एसई ४ सार्वजनिक हुने, कति होला मूल्य ?

आईफोन एसई ४ सन् २०२५ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन एसई ४ को मूल्य ५०० अमेरिकी डलरभन्दा कम हुने…

रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले पनि राख्दै मेटा

मेटाले रे-ब्यान स्मार्ट चश्मामा डिस्प्ले थप्ने तयारी गरेको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार मेटाले आफ्नो लोकप्रिय स्मार्ट चश्मा…

नेपालमा रियलमी सी ६३ को नयाँ भेरिएन्ट उपलब्ध, १ मिनेट चार्जमा १ घण्टा कल

रियलमीले रियलमी सी ६३ को ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ मा ६.७…

इनफिनिक्सको हट ५० आई स्मार्टफोन सार्वजनिक, मूल्य १४ हजार

इनफिनिक्सको हट ५०आई स्मार्टफोन सार्वजनिक भएको छ । उच्चस्तरीय क्यामेरा सुविधा र मनोरञ्जन विकल्प रहेको हट ५०आई स्मार्टफोनको मूल्य १४ …