कीवर्डहरू -

ग्याजेट्स

भूकम्पबाट प्रभावित २०० परिवारलाई सुबिसुले वितरण गर्‍यो सोलार

 इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले पृथक् ढङ्गले वार्षिकोत्सव मनाएको हो ।   

भूकम्प पश्चात पीडितहरूले भोग्नु परेको विशेष समस्यालाई सम्बोधन गर्नेगरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  वितरण गरिएका सोला बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिनेछ । 

प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउद सहित सुबिसुको आठ सदस्यीय टोली राहत स्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो । जाजरकोटको नलगाड स्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको थियो ।

“जाजरकोटको पुग्ने कुरा केवल भौगोलिक यात्राको विषय मात्र थिएन, प्रतिकूल परिस्थितिको सामना गरिरहेका भूकम्प पीडितहरूको जीवनमा अर्थपूर्ण प्रभाव पार्ने एउटा प्रतिबद्धता समेत थियो,” सुबिसुले भनेको छ । 

व्यावसायिक उत्तरदायित्वलाई व्यावसायिक हिसाबकिताब भन्दा पर हुने भन्दै सुबिसुले २३ औं वार्षिकोत्सव मनाउने कुरा जाजरकोटका जनताको अदम्य भावनाको सम्मान भएको उल्लेख गरेको छ ।

ग्याजेट्स

सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य ?

सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । ६.५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले रहेको यस फोनमा एक्सिनोस १२८…

सन् २०२४ को जानवरीमा अनर एक्स ५० जीटी सार्वजनिक हुने

अनरले गत वर्ष अक्टोबरमा चिनियाँ बजारमा अनर एक्स ४० सार्वजनिक गरेको थियो । धेरै रिपोर्टहरूको अनुसार कम्पनीले आफ्नो अपग्रेड गरिएक…

एक वर्षमै अल्टिमा लाइफस्टाइलको व्यापार ७०० प्रतिशतले बढ्यो

अल्टिमा लाइफस्टाइलले एक वर्षमै आफ्नो व्यापार ७०० प्रतिशतले बढाएको छ । सन् २०२२ को तुलनामा २०२३ मा ७०० प्रतिशतले वृद्धि भएको हो ।…

ओप्पो ए७७ का लागि एन्ड्रोइड १४ सार्वजनिक

ओप्पोले आफ्ना प्रयोगकर्ताहरूको अनुभव सुधार गर्न एन्ड्रोइड १४ अपडेट रोल आउट गर्न थालेको छ । ओप्पोले यस अपडेटलाई धेरै महत्त्वपूर्ण पर…

भिभो एक्स १०० सार्वजनिक, यस्ता छन् फिचर

प्रख्यात स्मार्टफोन कम्पनी भिभोले आफ्ना ग्राहकहरुका लागि नयाँ फ्ल्यागशिप सिरिज भिभो एक्स १०० सार्वजनिक गरेको छ । यस सिरिजमा दुईवटा…

कस्तो होला आईफोन १६ ?

सेप्टेम्बर २०२३ मा, एप्पलले आफ्ना ग्राहकहरूको लागि नवीनतम आईफोन १५ श्रृृंखला लन्च गरेको थियो । यस श्रृंखलामा चारवटा स्मार्टफोनहरू…

रियलमीका २ इयरबड्स नेपालमा उपलब्ध, के के छन् सुविधा ?

शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलले दुई इयरब नेपाली बजारमा ल्याएको छ । आकर्षक…

सामसङका तीन नयाँ स्मार्टफोन सार्वजनिक, के के छन् सुविधा ?

सामसङले आफ्ना प्रयोगकर्ताका लागि ए सिरिजमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी ए १५ फाइभजी मा ए१५ को फोरज…

भिभो वाई २७ एस स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् सुविधा

भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई २७ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, शानदा…

आरओजी फोन ८ ल्याउँदै असुस

असुसले आरओजी फोन ८ ल्याउने भएको छ । असुसले एक्समार्फत एउटा पोष्ट साझा गरेको छ, जसमाआरओजी फोन ८ ल्याउन लागेको जनाइए…

यी हुन् विश्वका सबैभन्दा महंगा १० फोन, एउटैको मूल्य ६ अर्बसम्म !

तपाईले अहिलेसम्म कति मूल्यसम्मका फोनहरु देख्नु भएको छ वा बोक्नु भएको छ ? सायद धेरैको उत्तर हुन सक्छ ३-४ लाख रूपैयाँ ।

<…

आफ्नो ग्यालेक्सी फोनको ब्याट्री लामो समय टिकाउन चाहनुहुन्छ ? यी तीन उपाय अपनाउनुहोस्

विश्व धेरै बिक्री हुने फोन मध्ये एकमा सामसङ पनि पर्छ ।  के तपाई पनि सामसङको ग्यालेक्सी फोन प्रयो…

डिसेम्बरमा सार्वजनिक हुँदै यी ३ स्मार्टफोन

सन् २०२३ हो अन्तिम महिना डिसेम्बर भर्खर सुरु भएको छ । यो महिना विभिन्न स्मार्टफोनहरू सार्वजनिक हुँदै छन् । 

नयाँ रंगमा एप्पल वाच सिरिज ९ सार्वजनिक

एप्पलले आफ्नो पछिल्लो स्मार्टवाचको लागि नयाँ रंग विकल्प प्रस्तुत गरेको छ । कम्पनीले ल्याएको वाच सिरिज ९ (एप्पल वाच सिरिज ९) नयाँ क…

अनर एक्स ७ बी स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक

अनर एक्स ७ बी स्मार्टफोन अन्तर्राष्ट्रिय बजारमा आधिकारिक रुपमा सार्वजनिक भएको छ । हालसालै लन्च गरिएको अनर एक्स ७ बी अनरको सबैभन्दा…