टेलिकम
एनसेलले सुरू गऱ्यो भोवाईफाई सेवा, पहिलो चरणमा आईफोन प्रयोगकर्ताले लाभ लिन सक्ने
आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको हो ।
यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ । वाईफाई कलिङ्का नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला विल्डिङ्का बेसमेन्टहरु र दुर्गम स्थानहरुमा सेवा लिन समेत प्रयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा हाललाई, एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको छ ।
यसको विषेशता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन । ग्राहकहरुले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन् ।
भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्दछ । कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरुबाट कुराकानी गर्दा गर्दै मोवाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विषेशता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरुका लागि धेरै फाइदा पुर्याउँदछ ।
भोवाईफाई सेवाका साथ ग्राहकहरुलाई मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरुमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई संचालनमा ल्याइएको एनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ ।
यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाईफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ ।
भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरि एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यस पश्चात ग्राहकले कुनैपनि भरपर्दो वाईफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सक्छन् ।
सेवा एक्टिभेट गर्नुअघि, ग्राहकहरूले भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ् दुवै आफ्नो मोवाइलमा सक्रिय अर्थात स्विच अन गरेको हुनुपदर्छ । त्यसका लागि सेटिङमा गएर, मोवाइल नेटवर्क भित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोहि अनुसार छानेर सक्रिय गर्नु पर्दछ ।
यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाईफाई वा वाईफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चल्ने बुझिन्छ । सेटिङ्मा भोवाईफाई, वाईफाई कलिङ् सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको छ ।
टेलिकम
एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आइएसओ मान्यता
एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को मान्यता पाउन सफल भएको छ । यसले डेटा सुरक्षा …
राजस्वमा टेलिकम सेवा प्रदायकको योगदान निरन्तर घट्दै
पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो। यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीम…
एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतबाट खारेज
एनसेलको सेयर खरिदबिक्री कारोबार रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
एनसेल फाउन्डेसनले एनपीएलका चौका वापत २६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने
एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चा…
नीतिगत सुधार पर्खंदै टेलिकम कम्पनी, समयसापेक्ष कानुन नहुँदा मारमा
झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा परेका छन्। अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबी…
बजारमा उपलब्ध भए नेपाल टेलिकमका रिचार्ज कार्डहरू
नेपाल टेलिकमका रिचार्ज कार्डहरू बजारमा उपलब्ध भएका छन् । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसके…
घट्यो नेपाल टेलिकमको आम्दानी र खुद नाफा, यस्तो छ कारण
नेपाल टेलिकमको आम्दानी र खुद नाफा घटेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महिनामा गत वर्षको तुलनामा टेलिकमको आम्दानी र नाफा…
विपद्को घडीमा एनसेलको साथ, ग्राहकलाई परिवार, आफन्तसँग सम्पर्कमा रहन निःशुल्क डेटा
एनसेलले असोज १२ गते शनिबार बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइरहेको …
२ करोड २२ लाख ग्राहकले प्रयोग गर्छन् फोरजी, कुन मोबाइल सेवा प्रदायकका कति ?
नेपालमा फोरजी इन्टरनेट प्रयोग गर्नेको संख्या २ करोड २२ लाख ३२ हजार ४१६ पुगेको छ ।
नेपा…
एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता
निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २० औं वर्षमा प्रवेश गरेको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर…
एनसेल एपबाटै अब पुलिस रिपोर्ट बनाउन सकिने
एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी च…
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्दे…
सबै जिल्लामा पुग्यो टेलिकमको फाइबर सेवा
नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । साउन ३…
घट्दो अवस्थामा नेपाल टेलिकमको आम्दानी र मुनाफा
नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रूपैयाँ कुल आम्दानी गरेको छ । टेलिकमले सार्वजनिक गरेको …
एनसेलले भन्यो - मोबाइल नम्बरमा ओटीपी र एसएमएस नआउने समस्या छैन्
एनसेलले वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएस नआउने समस्या नरहेको जानकारी दिएको छ । एनसेलको नम्बरमा एसएमएस, ओटीपी …