कीवर्डहरू -

अब स्न्यापच्याटमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने, एआई रिमाइन्डरको सुविधा थप हुँदै

अब स्न्यापच्याटमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने, एआई रिमाइन्डरको सुविधा थप हुँदै

अब स्न्यापच्याटमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने भएको छ । पठाएको म्यासेज पनि एडिट गर्न सकिने गरी स्न्याटच्याटले नयाँ फिचर ल्याउने लागेको हो । 

सुरूमा एडिट सुविधा स्न्याच्याट प्लसका सदस्यहरूलाई मात्रै उपलब्ध हुनेछ । त्यसपछि मात्रै अन्य प्रयोगकर्तालाई रोलआउट हुनेछ । 

यो सुविधाबाट म्यासेज पठाएको पाँच मिनेटसम्म मात्रै च्याटलाई एडिट गर्न सकिने छ । एडिट फिचर बाहेक स्न्यापच्याटले एआई रिमाइन्डर, इमोजी रियाक्सन लगायतका सुविधा समेत ल्याउँदैछ ।

 एआई रिमान्डर फिचर अन्तर्गत अब महत्त्वपूर्ण डेडलाइन रिमाइन्डर र काउनडाउन राख्न सकिनेछ । यस्तै एआईको प्रयोग गरेर बिटमोजीका लागि कस्टम क्लोद जेनेरेट गर्न सकिने बताइएको छ । 

साथै च्याटमा इमोजी रिर्‍याक्सन फिचर र आफ्ना साथीहरूसँग आफ्नो लोकेसन शेयर र तुरून्तै रियाक्ट गर्न सकिने छ ।