कीवर्डहरू -

अन्जान मानिसबाट आएको रकम कहिल्यै प्रयोग नगर्न इसेवाको अनुरोध

अन्जान मानिसबाट आएको रकम कहिल्यै प्रयोग नगर्न इसेवाको अनुरोध

डिजिटल वालेट इसेवाले अन्जान मानिस वा अज्ञात स्रोतबाट आफ्नो इसेवा खाता (वा अन्य कुनै बैंक खाता) मा आएको रकम कहिल्यै प्रयोग नगर्न अनुरोध गरेको छ । 

अन्जान मानिसबाट इसेवामा आएको रकमले भविष्यमा केही अप्रिय समस्या निम्त्याउन सक्ने भएकाले त्यस्तो रकम कहिल्यै प्रयोग नगर्न अनुरोध गरेको हो । 

यस्ता जोखिमबाट अरूलाई पनि बचाउन आफ्ना नजिकका साथी तथा परिवारमा पनि यो जानकारी पुर्‍याउन इसेवाले आग्रह गरेको छ ।