कीवर्डहरू -

तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, परियोजना पेश गर्न आह्वान

तीन प्रतिशत ब्याजदरमा स्टार्टअपलाई २५ लाखसम्म कर्जा दिदै सरकार, परियोजना पेश गर्न आह्वान

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश गर्न आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रबार सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना पेश आग्रह गरेको हो । 

स्टार्टअप उद्यम कर्जा कार्यविधि २०८० अनुसार स्टार्टअप उद्यम मापदण्ड पुरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअपहरूलाई कर्जा प्रदान गरिने छ ।

कर्जाका लागि आगामी २१ दिनसम्म परियोजना पेश गर्नुपर्नेछ । सरकारले स्टार्टअपलाई ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने छ । कर्जाका लागि परियोजना नै धितोको रूपमा हुनेछ । 

स्टार्टअप उद्यम कर्जाका लागि यहाँ क्लिक गरी परियोजना प्रस्तावको ढाँचा डाउनलोड गरेर त्रिपुरेश्वरमा रहेको प्रतिष्ठानको कार्यालयमा बुझाउनु पर्नेछ । 
 

यो पनि पढ्नुहोस