कीवर्डहरू -

टिकटक प्रतिबन्धमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी

टिकटक प्रतिबन्धमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायक (आईएसपी) को लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । 

प्राधिकरणले मंगलबार एक सूचना निकाल्दै टिकटक प्रतिबन्ध लगाउने निर्णयमा असहयोग गर्ने ५५ सेवा प्रदायकलाई २४ घण्टे अल्टिमेटम दिएको हो । 

गत कात्तिको २७ गते सरकारले नेपालमा टिकटक प्रतिन्ध गर्ने निर्णय गरेपछि दूरसञ्चार प्राधिकरणले उक्त निर्णय कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई निर्देशन  दिएको थियो ।

तर ५५ सेवा प्रदायकले अझै प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी दिएका छैनन् । त्यसकारण २४ घण्टा भित्र निर्णय कार्यान्वयन भए/नभएको विषयमा जानकारी गराउन प्राधिकरणले सूचना प्रकाशन गरेको हो । 

५५ इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट २४ घण्टा भित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडि बढाईने प्राधिकरणले जानकारी दिएको छ । 

यी हुन् जानकारी नदिने ५५ आईएसपी