कीवर्डहरू -

डिभाइस चोरी भएमा हराएको डिभाइसबाट डेटा डिलिट गर्न यस्तो गर्नुहोस्

डिभाइस चोरी भएमा हराएको डिभाइसबाट डेटा डिलिट गर्न यस्तो गर्नुहोस्

आजको समयमा, स्मार्टफोन मानिसको जीवनको एक महत्वपूर्ण भाग बनिसकेको छ । यस्तो अवस्थामा स्मार्टफोन चोरी वा हराएमा धेरै समस्या निम्त्याउँछ ।

फोनसँगै यसमा फोटो, भिडियो र च्याट पनि उपलब्ध छ । तर तपाईंले केही सुझावहरू पछ्याएर आफ्नो एन्ड्रोइड डिभाइस आफैं खोज्न सक्नुहुन्छ । चोरी वा हराएको फोन कसरी फेला पार्ने भनेर तल जान्नुहोस् । 


फाइ माई डिभाइस फिचर प्रयोग गर्ने 

गुगलले लगभग सबै एन्ड्रोइड डिभाइसमा फाइण्ड माई डिभाइस भनिने उत्कृष्ट निःशुल्क फिचर उपलब्ध गराएको छ । अन्य कुनै पनि डिभाइसमा गूगल प्लेमा यो एप इन्स्टल गर्नुहोस् । यदि तपाइँसँग अन्य कुनै फोन छैन भने तपाइँ अर्को व्यक्तिको सहयोगमा लगइन गर्न सक्नुहुन्छ वा तपाइँ वेबसाइट मार्फत पनि लगइन गर्न सक्नुहुन्छ ।

फाइण्ड माई डिभाइसमा लग इन गरिसकेपछि आफ्नो चोरी वा हराएको फोनको नाम इन्टर गर्नुहोस् र गेट डिरेक्सन्समा क्लिक गर्नुहोस् । यसपछि तपाईको फोनको लोकेशन थाहा हुनेछ ।

यसपश्चात तपाईले आईएमईआई नम्बरको जानकारी इन्टर गर्नुपर्नेछ । यो नम्बर तपाईंको डिभाइसमा दिइएको हुन्छ । त्यसपछि गियर आइकनमा क्लिक गरेर, तपाइँ डिभाइस पहिलो पल्ट खोलिएको मिति सहित आईएमईआई नम्बरको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

फ्याक्ट्री रिसेट गरेर डेटा हटाउने

यसका साथसाथै तपाईले आफ्नो फोनलाई रिमोटबाट पनि फ्याक्ट्री रिसेट गर्न सक्नुहुन्छ । यदि तपाइँ आफ्नो हराएको वा चोरी भएको फोन पहुँच गर्न सक्नुहुन्न भने, फ्याक्ट्री रिसेट राम्रो विकल्प हो ।

यसो गर्दा, फोनको सबै स्टोर गरिएको डाटा स्वचालित रूपमा मेटिनेछ । तपाईको हराएको वा चोरी भएको फोन फेला पार्नका लागि, इन्टरनेट सक्रिय हुनु आवश्यक छ । यसबाहेक, फोनमा ब्याट्री हुनु पनि आवश्यक हुन्छ ।