कीवर्डहरू -

इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक सिटिजन लाइफले सुरू गर्‍यो भिडियो केवाईसी सेवा

इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक सिटिजन लाइफले सुरू गर्‍यो भिडियो केवाईसी सेवा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियो केवाईसी सेवा सुरू गरेको छ । 

केवाईसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसी को अवधारणा ल्याएको हो ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई-एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल मार्फत हुनेछ । 

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टलमार्फत पेश गरे पश्चात् ई-एप्लिकेसन डिक्लेरेसन फर्ममा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइनबाट रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ ।

प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसी सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।

यस भिडियो केवाईसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीले अपेक्षा गरेको छ ।