कीवर्डहरू -

गर्ल्स इन आइसिटी डेको अवसरमा डब्लूआइआइटीद्वारा प्रभातफेरि कार्यक्रम सम्पन्न

गर्ल्स इन आइसिटी डेको अवसरमा डब्लूआइआइटीद्वारा प्रभातफेरि कार्यक्रम सम्पन्न

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि आयोजना गरेको छ । महिला तथा किशोरीहरुलाई प्राविधिक शिक्षा तथा प्रविधि क्षेत्रमा रुचि बढाउने उद्देश्यका साथ डब्लूआइआइटीले प्रभातफेरि आयोजना गरेको हो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा मध्यपुर थिमी नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ रहेका थिए । डब्लूआइआइटीले आज वैशाख १३ गते मध्यपुर ठिमीको विभिन्न वडामा प्रभातफेरि अर्थात वाकाथन गरेको छ ।

यो प्रभात फेरि मध्यपुर ठिमीको वडा ४, ५ र ६ वरीपरि सञ्चालन भएको थियो । विहान ६ः५० देखि सुरु भएको वाकाथन मध्यपुर ठिमीको आदर्श माध्यमिक विद्यालय देखि सुरु गरिएको थियो । आज सञ्चालन भएको प्रभातफेरिमा स्लोगन र प्लेकार्ड प्रतिस्पर्धा पनि रहेको थियो । 

प्रभातफेरिमा विद्यालय अध्ययनरत छात्रा लगायत ३ सय जना सहभागी भएको सूचना प्रविधिमा महिलाका अध्यक्ष गुणकेशरी प्रधानले बताइन् । कार्यक्रममा बालकोट, मध्यपुर ठिमी र वरीपरीको क्षेत्रबाट सात ओटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

null

कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक डा बुद्धी कुमार घो, मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ र सूचना प्रविधिमा महिलाका उपाध्यक्ष शीला कंसाकर, आईसीटी रोल मोडेल क्रिशा श्रेष्ठ र आइसिटी क्षेत्रका पायोनियर तिमिला यामी थापाले आ-आफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै प्रभातफेरिको राम्रो स्लोगन र प्लेकार्ड बनाउने तथा वाकाथनमा राम्रो प्रस्तुति गर्नेलाई अवार्ड समेत प्रदान गरिने छ । पुरस्कार र नतिजा शुक्रबार डब्लुआईआईटीले आयोजना गर्ने कन्फेरेन्समा घोषणा गरिने छ । 

उत्कृष्टताको छनौट गर्ने निर्णयक टोलीमा तिमिला यमी थापा, विनिता वैद्य, शोभा सेढाई र समीक्षा सिंह रहेकी छन् । आदर्श माध्यमिक विद्यालयबाट सुरू भएको वाकाथन बालकुमारी, विष्णुवीर, यम, मारु, दिगु, बाहखा, पाटोविहार, पाँचो, भुलानखेल, दिगु हुँदै आदर्श माध्यमिक विद्यालयमै आएर अन्त्य भएको थियो । 

null