कीवर्डहरू -

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने

अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप मोबैंकबाट भवन निर्माण इजाजत शुल्क तिर्न सकिने भएको छ । 

काठमाडौं महानगरपालिका भित्र घर बनाउँदा वा पुरानो घरमा नयाँ संरचना थप्दा तिर्नु पर्ने भवन निर्माण इजाजत शुल्क एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै तिर्न सकिने भएको हो । 

यसअघि भवन निर्माण इजाजत शुल्क तिर्नको लागि काठमाडौं महानगरपालिका अन्तर्गतको विभाग वा वडा कार्यालयमा पुगेर नै तिर्नुपर्ने बाध्यता थियो । तर अब भने कार्यालयमा जानुपर्ने झन्झट हटेको छ । 

शुल्क तिर्न बैंकको मोबैंक एपको हब पेमेन्ट अन्तर्गत केएमसी भन्ने अप्सन देखिने छ । केएमसी अप्सनमा ट्याप गरेपछि अब भवन निर्माण इजाजत भुक्तानी भन्ने अप्सन देखिनेछ ।

त्यसपछि कर भुक्तानी गर्नेको नाम र निवेदन नम्बर (भौचर कोड) हालेर सबमिट गरेपछि चाहेको रकम भुक्तानी गर्ने प्रकृया अगाडि बढाउन सकिनेछ ।