कीवर्डहरू -

नेपालको आईटी क्षेत्रमा राम्रो अवसर छ, यसको बजार ४ बिलियन डलर पुग्न सक्छ: सीआईआई प्रतिनिधि दत्त

नेपालको आईटी क्षेत्रमा राम्रो अवसर छ, यसको बजार ४ बिलियन डलर पुग्न सक्छ: सीआईआई प्रतिनिधि दत्त

कन्फिडेरेसन अफ इन्डियन इन्डष्ट्रि (सीआईआई) का प्रतिनिधि सुप्रतिम दत्तले नेपालको आईटी क्षेत्रमा लगानीका लागि राम्रो अवसर भएको बताएका छन् । 

आईतबारदेखि काठमाडौंमा सुरू भएको तेस्रो लगानी सम्मलेनमा बोल्दै दत्तले नेपालको आईसीटी क्षेत्रमा राम्रो अवसर भएको बताएका हुन् । 

‘नेपालको आईटी क्षेत्रमा राम्रो सम्भावना छ । सन् २०२२ मा यसको बजार ५०० मिलियन बढी थियो,’ उनले भने , ‘यसको सम्भावना धेरै छ । यसको बजार ४ बिलियन डलर पुग्न सक्छ ।’ 

नेपालले उद्योग ४.०, एआई, मेसिन लर्निङ, क्लाउड प्रविधि जस्ता क्षेत्रमा काम गरेर रोजगारीको सिर्जना र विदेशी मुद्रा आर्जन गर्न सक्ने उनको भनाइ छ । 

भारतको विज्ञता प्रयोग गरेर नेपालमा सूचना प्रविधिको विकासमा काम गर्न सहकार्य गर्न सकिने समेत उनले बताए ।