कीवर्डहरू -

२५ वर्षपछि नोकियाको सन् १९९९ को आइकोनिक फोन फिर्ता हुँदै, यसपटक नयाँ शैलीमा आउने

२५ वर्षपछि नोकियाको सन् १९९९ को आइकोनिक फोन फिर्ता हुँदै, यसपटक नयाँ शैलीमा आउने

के तपाईंले सन् १९९९ मा आएको बटन भएका नोकिया फोन प्रयोग गर्नुभएको छ? एचएमडी ग्लोबलले एचएमडी प्लस लन्च कार्यक्रममा नयाँ नोकिया फोरजी फोनलाई टिज गरेको छ । कम्पनीले नोकियाको आइकोनिक फोन नोकिया ३२१० सार्वजनिक गरेको छ ।

यो २५ वर्ष पुरानो नोकिया फोन हो, जुन सन् १९९९ मा लन्च गरिएको थियो । तर, यसपटक यो फोन सन् २०२४ मा लन्च हुने क्रममा धेरै नयाँ फिचरसहित ल्याइएको छ ।

कम्पनीले पुरानो फोनलाई नयाँ शैलीमा प्रस्तुत गरेको यो पहिलो पटक होइन् । यसअघि कम्पनीले मोबाइल वर्ल्ड कंग्रेस २०१७ मा नोकिया ३३१० नयाँ शैलीमा प्रस्तुत गरेको थियो ।

नोकिया ३३१० लाई कम्पनीले सन् २००० मा पहिलो पटक ल्याएको थियो, त्यसको ठीक १७ वर्षपछि यो फोन नयाँ अवतारमा भित्रिएको थियो ।

नोकियाको नयाँ फोन (नयाँ नोकिया ३२१०) को कुरा गर्दा २५ वर्षपछि यो फोन पुरानो फोनको जस्तै फ्रन्ट डिजाइनमा लन्च गरिएको हो । तर, समयसँगै प्रविधि र सुविधाहरूमा सुधार हुँदै गएकाले नयाँ फोनमा ब्लुटुथ सपोर्ट, रियर क्यामेरा र एलईडी फ्ल्यास उपलब्ध हुनेछ ।

नयाँ फोनको बारेमा, कम्पनीको दाबी छ कि यो डिभाइस लामो ब्याट्री लाइफ र ब्लुटुथ र फोरजी कनेक्टिभिटी जस्ता धेरै ठूला परिवर्तनहरू ल्याइएको छ ।

फोनको ब्रान्डिङको कुरा गर्दा नोकिया र एचएमडी दुवैको ब्रान्डिङ यस नयाँ फोनमा उपलब्ध हुनेछ । फोन अहिले नीलो कलरको अप्सनमा देखिएको छ ।

तर, कम्पनीले यो आइकोनिक नोकिया फोनलाई एकभन्दा बढी आकर्षक रंग विकल्पमा ल्याउन सक्ने अपेक्षा गरिएको छ ।