कीवर्डहरू -

नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ मोनाल टेकलाई प्रदान

नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ मोनाल टेकलाई प्रदान

मोनाल टेकले नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्राप्त गरेको छ ।

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मोनाल टेकलाई स्टार्टअप अवार्ड प्रदान गरेको हो । 

देश तथा विदेशमा साईबर सुरक्षा सेवा प्रदान गरिरहेको मोनाल टेकलाई स्टार्टअप नेशनल आईसीटी अवार्ड प्रदान गरिएको छ ।

सन् २०२० मा स्थापना भएको मोनाल टेक नेपालको उदाउदो साइबर सुरक्षा स्टार्टअप कम्पनी हो ।  साइबर सुरक्षा र सफ्टवेयर क्षेत्रमा एक दशक बढी काम गरेका अनुभवी समूहले स्थापना गरेको मोनाल टेकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्थालाई २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटा सुरक्षामा काम गरिरहेको छ । 

कम्पनीले मोनाल मेलको रुपमा सुरक्षित इमेल सुविधा नेपाल र अमेरिकामा उपलब्ध गराइरहेको छ । यसैगरी मोनाल एलएमएस, मेक माइ स्क्यान प्रडक्टहरुसँगै साइबर सुरक्षा अडिट एण्ड भिएपिटी, डिजिटल फरेन्सिकका सेवाहरु पनि उपलब्ध गराइरहेको छ । 

कम्पनीले २४ सै घण्टा साइबर सुरक्षाको निगरानी गर्न सेक्युरिटी अपरेसन सेन्टर समेत सञ्चालनमा ल्याएको छ । सेक्युरिटी इन्फरमेशन एण्ड इभेन्ट म्यानेज्मेन्ट(सिम) को विकास पनि गरिरहेको कम्पनीले सरकारी, नीजि र कर्पोेरेट क्षेत्रमा २५ बढि सस्थाहरुसँग काम गरिहेको छ । 

नेपालसहित अमेरिका, अफ्रिका, यूरोप र एशियन देशमा साइबर सुरक्षा सेवा उपलब्ध गराउँदै आएको मोनाल टेक प्रा.लिले पहिलो आर्थिक वर्षदेखि नै नाफा आर्जन गरिरहेको छ ।