कीवर्डहरू -

आव २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने आईटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित

आव २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने आईटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित

आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । 

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७९९८० मा सबैभन्दा बढी कर तिर्ने आईटी कम्पनीको रूपमा टेलिकमलाई सम्मानित गरेको हो । 

नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक हो ।

नेपाल टेलिकम सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको सबैभन्दा ठुलो दूरसञ्चार सेवा प्रदायक हो । वि.स. २०३२ मा नेपाल दूरसञ्चार संस्थानको रूपमा स्थापना भएता पनि २०६० सालमा नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो ।

२०६१ सालदेखि नेपाल टेलिकमको रुपमा परिचत दुरसञ्चार कम्पनीले देशका सबै जिल्लाहरुमा भ्वाइस, डेटा ब्रोेडव्याण्डको सेवा विस्तार गरेको छ । 

नेपाल टेलिकमले देशभरमा आधारभूत टेलिफोन, एफटिटिएच इन्टरनेट र जिएसएममा थ्रिजी, फोरजी मोवाइल सेवा प्रदान गरिरहेको छ ।

अहिले फाइभजीको परिक्षण गरिरहेको नेपाल टेलिकमले ३ हजारबढिलाई रोजगारी दिएको छ । दुरसञ्चार अन्तर्गत भ्वाइस सेवामा ५२ प्रतिशत र ब्रोडव्याण्ड मोवाइल सेवामा ४३ प्रतिशत बजार हिस्सा ओगटेको नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९ र ०८० मा आइसिटीको क्षेत्रबाट सबैभन्दा बढि कर तिरेर राष्ट्रलार्ई महत्वपुर्ण योगदान दिएको छ । नेपाल टेलिकमले सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा आन्तरिक राजश्व विभागबाट धेरैपटक सम्मानित पनि भइसकेको छ ।