कीवर्डहरू -

कसरी हेर्ने डीभीको नतिजा ?

कसरी हेर्ने डीभीको नतिजा ?

अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज राति आउँदै छ । वैशाख २२ गते शनिबार राति ९:४५ बजेबाट डीभीको नतिजा हेर्न सकिने छ । 

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत शनिबार राति ९:४५ बजेबाट dvprogram.state.gov/ESC मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने जानकारी दिएको छ । 

यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो । डिभी कार्यक्रमको आधिकारिक वेबसाइट बाहेक अन्य कुनै पनि तरिकाबाट नतिजा हेर्न सकिदैन् ।