कीवर्डहरू -

अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाको गुम्यो ४.३२ करोड रुपैयाँ

अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाको गुम्यो ४.३२ करोड रुपैयाँ

हालै ५२ वर्षीया भारतीय महिला उद्यमी साइबर घोटालाको सिकार भएकी छिन् । अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाले गुम्यो ४.३२ करोड रुपैयाँ गुमाएकी हुन् । 

यो घटना अप्रिल ६ देखि अप्रिल २२, २०२४ बीचको हो । रिपोर्टका अनुसार एक दिन महिला उद्यमीको मोबाइलमा म्यासेज आयो । लिङ्क क्लिक गरेपछि, उनी एक इन्स्टाग्राम ग्रुपमा सामेल भइन् । ग्रुपमा युवतीलाई युट्युब भिडियो लाईक गरेर धेरै पैसा कमाउन सकिन्छ भनिएको थियो । यस बाहेक धेरै प्रकारका पुरस्कारहरू पनि उपलब्ध हुनेछन् भनिएको थियो ।

केही दिनपछि ती महिलालाई केही पैसा लगानी गर्यौ भने छिट्टै ठूलो प्रतिफल पाउने बताइयो । त्यसपछि ती महिलाले कयौं पटक कारोबार गरेर ४.३२ करोड रुपैयाँ लगानी गरिन् । लगानी गरेपछि उनले कुनै प्रतिफल पाइनन् तर सबै पैसा लुटियो ।

घटना बेंगलुरुको हो र प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । ती महिलाले २ करोड ७२ लाख रुपैयाँ पाउने प्रहरीले जनाएको छ । यसबाहेक दोस्रो किस्तामा ३० लाख रुपैयाँ उपलब्ध हुनेछ ।

यद्यपि, सबैले गुमाएको पैसा फिर्ता हुने छैन् । त्यस कारण आफै सचेत हुनु महत्वपूर्ण छ । यदि कसैले हपरिचित लिङ्क पठाउँछ भने, त्यसमा क्लिक नगर्नुहोस् । यसबाहेक कुनै पनि अपरिचित सामाजिक सञ्जाल ग्रुपमा कनेक्ट नहुनुहोस् ।