कीवर्डहरू -

महिला आईसिटी सशक्तिकरण कार्यक्रमलाई हाइलाइट गर्ने भिडियो सामाग्री पठाउन नेपाल दूरसञ्चार प्राधिकरणको आह्वान

महिला आईसिटी सशक्तिकरण कार्यक्रमलाई हाइलाइट गर्ने भिडियो सामाग्री पठाउन नेपाल दूरसञ्चार प्राधिकरणको आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा विश्वव्यापी रुपमा प्रत्येक बर्ष सूचना तथा सञ्चार प्रविधिमा महिला सहभागिता सम्बन्धी संचालन भईरहेका कार्यक्रमको विषयमा संक्षिप्त भिडियो निर्माण गर्ने भएको छ ।

यस भिडियो सामाग्री अन्र्तगत प्रधिकरणले नेपालमा पछिल्लो तीन वर्षमा किशोरी तथा महिलाहरुलाई लक्षित गरी संचालन भएका सूचना तथा संचार प्रविधि क्षेत्रमा क्षमता अभिबृद्धि गर्ने,जनचेतना अभिबृद्धि गर्ने, किशोरी तथा महिला सशक्तीकरणमा टेवा पुर्याउने किसिमका विविध कार्यक्रमहरुलाई समेटनेछ ।

प्राधिकरणले उल्लेखित कार्यक्रमहरु सञ्चालन गरिरहेका संघसंस्थाहरुलाई वैशाखको २३ गते देखि तीन दिन भित्र यस लिंकमा क्लिक गरी विवरण उपलब्ध गराउन सम्बन्धित सबैलाई आह्वान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख २३ गते सो विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।