कीवर्डहरू -

ग्रीन हाइड्रोजनको अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयसँग मुक्तिनाथ विकास बैंकको सहकार्य

ग्रीन हाइड्रोजनको अनुसन्धान गर्न काठमाडौं विश्वविद्यालयसँग मुक्तिनाथ विकास बैंकको सहकार्य

मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धान गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापा तथा दुवै संस्थाका अन्य कर्मचारीहरूको उपस्थिति थियो । हाल ग्रीन हाइड्रोजन ल्याबले ग्रीण हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने कार्य गरिरहेको छ । 

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेका प्राकृतिक स्रोतका असीमित सम्भावनाहरूलाई अनुसन्धान गर्ने मौकाका साथै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।