कीवर्डहरू -

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने भएको छ । मेटाले इन्स्टाग्रामबाट थ्रेड्समा पोष्ट गर्न सकिने फिचर क्रस पोस्टिङ सुविधा परीक्षण गरिरहेको छ । ​

तर क्रस पोष्टिङ सुविधाको केही सिमितता छन् । यो सुविधा फोटोमा मात्रै उपलब्ध हुनेछ । भिडियो र रिलमा गर्न पाइने छैन् । 

क्रस पोस्टिङ सुविधा ऐच्छिक हुनेछ । इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो पोस्टलाई थ्रेडमा सेयर गर्न चाहेमा लिङ्क गर्न सक्ने बताएको छ । ​​​​​​

साथै ह्यासट्यागहरू सेयर गर्न सकिने छैन् । यदि तपाईले इन्स्टाग्राममा ह्यासट्यागको साथ पोस्ट सेयर गर्नुभयो भने, त्यो ह्यासट्याग थ्रेड्समा देखिने छैन् ।

पछिल्लो समय मेटाले फेसबुक र इन्स्टाग्राम दुबैमा थ्रेड्सको प्रचार गरिरहेको छ । हालै मेटाका सीईओ मार्क जुकरबर्गले थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १५ करोड नाघेको बताएका थिए ।