कीवर्डहरू -

आईओएस १७.५.१ अपडेट जारी, डिलिट गरिएको फोटो पुनः ग्यालरीमा आउने समस्या समाधान हुने

आईओएस १७.५.१ अपडेट जारी, डिलिट गरिएको फोटो पुनः ग्यालरीमा आउने समस्या समाधान हुने

एप्पलले डिलिट गरिएको फोटो पुनः ग्यालरीमा आउने समस्या समाधान हुने नयाँ अपडेट जारी गरेको छ । एप्पलको पछिल्लो आईओएस १७.५ अपडेटमा प्रयोगकर्ताहरूले समस्याको सामना गर्नुपरेको थियो ।

यस अपडेटमा बगको कारण, डिलिट गरिएका तस्बिरहरू मानिसहरूका ग्यालरीमा फेरि देखिन थालेका थिए । यो समस्या समाधान गर्न कम्पनीले अब आईओएस १७.५.१ अपडेट ल्याएको हो ।

आईओएस १७.५ र आईप्याडओएस १७.५ इन्स्टल गरेपछि, वर्षौं अघि डिलिट गरेको फोटोहरू देखिरहेका र भण्डारणको समेत समस्या भएको प्रयोगकर्ताले बताएका थिए । 

यसैका लागि नयाँ अपडेट जारी गरिएको हो । एप्पलले यस अपडेटको रिलीजसँगै यो अपडेटले आवश्यक बग फिक्सहरू प्रदान गर्ने र दुर्लभ समस्या समाधान गर्ने बताएको छ । 

अपडेट इन्स्टल गर्न सबैभन्दा पहिले आफ्नो डिभाइसको सेटिङ् विकल्पमा जानुहोस् । यस पछि जेनेरल विकल्पमा ट्याप गर्नुहोस् ।

अब सफ्टवेयर अपडेटमा ट्याप गर्नुहोस् । यदि तपाईको आईफोन वा आईप्याडमा अपडेट उपलब्ध भएको जानकारी देख्नुहुनेढ । त्यसपछि डाउनलोड र इन्स्टल गर्न अपडेटमा ट्याप गर्नुहोस् ।