कीवर्डहरू -

विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर, ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी

विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर, ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर गरेको छ । 

पदको दुरूपयोग गरी भ्रष्टाचार गरेको आरोपमा पौडेलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको आरोप लगाएको छ । 

मंगलबार मात्रै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको ठहर गर्दै उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने र त्यति नै बराबरको जरिवान हुने फैसला गरेको थियो । 

उनीविरूद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको आरोपमा र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दा विचाराधीन छन् ।