कीवर्डहरू -

माइडिया ब्रान्डको डिशवाशर नेपालमा

माइडिया ब्रान्डको डिशवाशर नेपालमा

माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ डिशवाशर नेपाली बजारमा उपलब्ध गराएको जानकारी दिएको छ । 

यसमा आधुनिक  बिएलडिसी (BLDC) मोटर र वाईफाईमा आधारित आईओटी स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा  रहेको छ । 

माइडिया डिशवाशरले विशेषगरी सफाई र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको छ। यसको एण्टी ब्याक्टेरियल फीचर र अल्ट्रा हाईजिन प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र कीटाणुबाट सुरक्षित राख्ने कम्पनीको भनाइ छ ।