कीवर्डहरू -

सामान ढुवानीमा विद्युतीय गाडीको संख्या बढाउँदै दराज

सामान ढुवानीमा विद्युतीय गाडीको संख्या बढाउँदै दराज

दराजले सामान ढुवानीमा प्रयोग गर्ने विद्युतीय गाडीको संख्या १५ पुगेको छ । सन २०२३ मा २ वटा टाटा एस ईभीबाट ढुवानीको काम सुरु गरेकोमा अप्रिल २०२४ सम्म १५ वटा एस ईभी पुर्‍याएको हो । 

खर्च, उपयोगिता, सहजता, वातावरण संरक्षण जस्ता विभिन्न मानकमा नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने दुविधाका बीच दराजले विभिन्न ब्रान्डका कमर्सियल गाडीको परीक्षण गरेपछि टाटाको एस ईभीले आफ्नो आवश्यकता पूर्ण गर्ने अधिक सम्भावाना देखेर ती गाडीहरू खरिद गरिएको कम्पनीले जनाएको छ ।

टाटा ईभीबारे अध्ययन अवलोकन गर्न दराजको टोली भारतमा अवस्थित टाटा मोटर्सको फ्याक्ट्री समेत भ्रमण गरेको थियो ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल  युनिटका सिनियर जीएम अनुपमणि ढकालले दराजलाई १५ औं टाटा एस ईभीको साँचो हस्तान्तरण गरेका थिए । 

सो क्रममा उनले पर्यावरणमैत्री सवारी साधनहरूको प्रयोग गरी आफ्नो ढुवानी सञ्जाललाई सबल बनाउँदै जाँदा आफूहरूको साथ पनि निरन्तर रहनेबताए ।

दराज एक्सप्रेसका प्रमुख सन्तोष विष्टले कम्पनीसँग भएको कुल सवारीसाधनमध्ये टाटा एस ईभीले दीर्घकालीन रुपमा लागतलाई कम गर्न प्रतिबद्धतालाई टेवा मिल्ने विश्वास व्यक्त गरेका छन् ।