कीवर्डहरू -

पूराना गाडीसँग नयाँ बीवाईडी गाडी साट्न सकिने

पूराना गाडीसँग नयाँ बीवाईडी गाडी साट्न सकिने

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेनको घोषणा गरेको छ । सो इभेन्ट बिहीबार देखि प्रारम्भ भई आइतबार सम्मसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संचालन हुनेछ ।

कम्पनीका अनुसार हाल भइरहेको गाडीसँग नयाँ बीवाईडी गाडी साट्नेले एक्सचेन्ज बोनसको रुपमा २ लाख रुपैयाँ सम्म प्राप्त गर्न सक्ने छन् । साइमेक्सले यसरी गाडी लिन चाहने ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याजदरमा बैंकमार्फत ८० प्रतिशतसम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने व्यवस्था गर्नेछ ।

काठमाडौं उपत्यकामा बीवाईडी पार्क नक्साल, बीवाईडी भक्तपुर शोरुम सल्लाघारी, बीवाईडी ललितपुर शोरुम पुल्चोक, बीवाईडी सिटी स्टोर सोल्टीमोड र बाबा बसेरा लाजिम्पाटमा सो इभेन्ट हुनेछ ।

विहान १० बजे देखि बेलुकी ६ बजे सम्म यी स्थानमा एक्सचेन्ज क्याम्प हुनेछ । साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले इलेक्ट्रिक सवारी साधन अझै पहुचयोग्य र क्रयशक्ति योग्य बनाउन ‘अपग्रेड टु बीवाईडी’ एक्सचेन्ज क्याम्प ल्याएको बताए ।