कीवर्डहरू -

आयोन ईभीको नयाँ शोरूम थापाथलीमा, थप ५० ठाउँमा चार्जिङ स्टेशन राख्ने सीजी मोटर्सको तयारी

आयोन ईभीको नयाँ शोरूम थापाथलीमा, थप ५० ठाउँमा चार्जिङ स्टेशन राख्ने सीजी मोटर्सको तयारी

सीजी मोटर्सले थापाथलीमा आयोनको नयाँ शोरुम उद्घाटन गरेको छ । चिनियाँ सवारी उत्पादक जीएसी मोटर्सको सबब्रान्ड आयोनको आधिकारिक बिक्रेता सीजी मोटर्सले बिहीबार थापाथलीमा नयाँ शोरुम उद्घाटन गरेको हो ।

शोरुमको उद्घाटन चिनियाँ राजदूत छेन सोङ, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, सीजी मोटर्सका एमडी निर्वाण चौधरी, जीएसी इन्टरनेसनलका भाइस जीएम स्टिभेन वाङ, जीएसी आयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागको डिरेक्टरलगायतले संयुक्त रुपमा गरेका हुन् ।

 सीजी मोटर्सले केही समय अगाडि नेपालमा आयोन वाई गाडी सार्वजनिक गरेको थियो । आधुनिक, सरक्षित र आरामदायी अनभवको संयोजन रहेको आयोन वाईमा १ सय किलोवाट मोटर रहेको छ, जसले २ सय २५ एनएमको अधिकतम टर्क दिन्छ । 

यसको लिथियम-आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलोवाट आवर छ, जसमा ६.६ किलोवाट चार्जरको पनि कम्पनीले उपलब्ध गराएको छ। एक फुल चार्जमा यस ईभीले ५ सय किमीभन्दा बढीको रेञ्ज प्रदान गर्दछ र यसमा म्यागजिन ब्याट्री पनि रहेको छ ।

आयोन वाईको अगाडि र पछाडि दवै चक्कामा डिस्क ब्रेक छ र यसको ग्राउन्ड क्लियरेन्स १ सय ८३ एमएम छ। हाल नेपालभर १ सय २० भन्दा धेरै स्थान हरुमा चार्जिङ सेवा दिँदै आइरहेकोमा थप ५० ठाउँमा चार्जिङ सविधा उपलब्ध गराउने सीजी मोटर्सले जनाएको छ ।