कीवर्डहरू -

नेपाली बजारमा भित्रियो बीएमडब्लुको आइएक्स वान ईभी, कति छ मूल्य ?

नेपाली बजारमा भित्रियो बीएमडब्लुको आइएक्स वान ईभी, कति छ मूल्य ?

नेपाली बजारमा बीएमडब्लुको आइएक्स वान इलेक्ट्रीक स्पोर्ट्स एक्टीभ भेहिकल नेपाल भित्रिएको छ । नेपालका लागि बीएमडब्लुको आधिकारिक वितरक लक्ष्मी प्रिमियमले लग्जरी ईभी आइएक्स वान नेपाल ल्याएको हो । 

बीएमडब्लुको आइएक्स वानमा पाँचौ जेनेरेशनको ईड्राइभ २० टेक्नलोजीको प्रयोग भएको छ । यो ईभीमा १५० किलोवाटको फ्रन्ट ड्राइभ इलेक्ट्रीक मोटर रहेको छ । 

८.६ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्ने कम्पनीको दावी छ । यसको टप स्पीड १७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

६४.७८ किलोवाट आवरको ब्याट्री प्याक रहेको आइएक्स वानको रेञ्ज ४३० किलोमिटर रहेको छ । यो ईभीलाई ११ किलोवाटको एसी चार्जरले शून्यबाट १०० प्रतिशत चार्ज गर्न ६.५ घण्टा लाग्छ भने १३० किलोवाटको फास्ट चार्जरले २९ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । 

नेपाली बजारमा बीएमडब्लुको आइएक्स वान ईभीको मूल्य १ करोड ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।