कीवर्डहरू -

फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै

फोरके भिडियो खिच्न सक्ने रियलमी १२ प्रो प्लस फाइभजी नेपालमा सार्वजनिक हुँदै

नेपाली बजारमा रियलमी १२ प्रो प्लस फाइभजी स्मार्टफोन सार्वजनिक हुने भएको छ । रियलमी नेपालले छिट्टै रियलमी १२ प्रो प्लस सार्वजनिक गर्ने तयारी गरेको छ । 

६.७ इन्च फुल एचडी प्लस कर्भड ओएलईडी डिस्प्ले रहेको यस फोनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । रियलमी १२ प्रो प्लसमा क्वालकमको स्न्याड्रयागन सेभेन जेन टु प्रोसेसर प्रयोग गरिएको छ । 

स्न्याड्रयागन सेभेन जेन टु, अक्टा कोर प्रोसेसर हो, जुन ४ एमएममा आधारित रहेको छ । यसमा १२ जीबी र्‍याम ५१२ र आन्तरिक स्टोरेज उपलब्ध रहेको छ । फोनको र्‍यामले थप १२ जीबीसम्म बढाउन सकिने छ । 

ब्याट्रीको कुरा गर्दा यसमा ५ हजार एमएएचको ब्याट्री दिइएको छ, जसले ६७ वाट सुपरभोग चार्ज सपोर्ट गर्नेछ । युएसबी टाइप सी पोर्ट रहेको रियलमी १२ प्रो प्लसमा ६४ मेगापिक्सेले पेरिस्कोप पोट्रेट क्यामेरा रहेको छ भने ५० मेगापिक्सेल सोनीको ओआईएस क्यामेरा रहेको छ ।

यसमा अटोजुम, स्ट्रिट फोटोग्राफी मोड, मुन मोड, स्ट्यारी मोड प्रो, सुपर नाइट स्केप, एआई सिन रिकग्निसन, एआई ब्युटी, फिल्टर, टेक्स्ट स्क्यानर लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । 

फोनमा स्लो मोसन, टाइम ल्याप्स, सिनेमा मोड, एआई भिडियो ट्रयाकिङ, स्ट्यारी टाइम ल्याप्स जस्ता भिडियो रेकर्डिङ सुविधा छन् । रियलमी १२ प्रो प्लसबाट ३० एफपीएसमा फोरके भिडियो समेत खिच्न सकिने छ ।

फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि दिइएको छ । अगाडिको क्यामेराबाट भने १०८० पी फर्म्याटमा मात्रै भिडियो खिच्न सकिने छ । यसमा एन्ड्रोइड १४ मा आधारित रियलमी युआई ५.० अपरेटिङ सिस्टम रहेको छ ।