कीवर्डहरू -

बागमतीको बजेटः आईटी कम्पनीलाई निःशुल्क वर्कस्टेशन, बिक्रीको आधारमा प्रोत्साहन सुविधा

बागमतीको बजेटः आईटी कम्पनीलाई निःशुल्क वर्कस्टेशन, बिक्रीको आधारमा प्रोत्साहन सुविधा

बागमती प्रदेशले आईटी कम्पनीहरूलाई आईटी पार्कभित्र निःशुल्क वर्कस्टेशन उपलब्ध गराउने भएको छ । 

शनिबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले संघीय सरकारसँगको सहकार्यमा वागमती प्रदेशमा सञ्चालित सूचना प्रविधिसँग सम्बन्धित कम्पनीहरुलाई आईटी पार्कभित्र वर्कस्टेशन सञ्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराउने घोषणा गरेका हुन् । 

त्यस्तो वर्कस्टेसनमा सूचीकृत भई काम गर्ने आईटी कम्पनीहरुबाट उत्पादित वस्तु तथा सेवा बिक्रीको आधारमा प्रोत्साहन सुविधा उपलब्ध गराइने छ ।

युवाका नवीनतम सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्नका लागि संघीय सरकारसँगको सहकार्यमा बिजनेश इन्क्युवेसन सेन्टर स्थापना गरी सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । 

उद्यममा युवाको सक्रिय सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तन कार्यक्रमलाई निजी र शैक्षिक क्षेत्रसँग सहकार्य गरी आवश्यक प्राविधिक सहयोग र विउपुँजी उपलब्ध गराइने छ ।

प्रदेश सरकारका कार्यालय एवम् निकायहरुमा मौलिक उत्पादनको प्रयोगलाई प्राथमिकता दिई स्वदेशी उत्पादन प्रयोग गर्न प्रोत्साहन गर्ने कानूनी व्यवस्था मिलाइनेछ ।