कीवर्डहरू -

मधेशको बजेटः स्टार्टअप र नवप्रवर्तनका लागि १५ करोड बजेट, स्पेश रिसर्च सेन्टर स्थापना हुने

मधेशको बजेटः स्टार्टअप र नवप्रवर्तनका लागि १५ करोड बजेट, स्पेश रिसर्च सेन्टर स्थापना हुने

मधेश प्रदेशले मधेश स्टार्टअप र नवप्रवर्तन केन्द्रका लागि १५ करोड बजेट विनियोजन गरेको छ । 

शनिबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद शाहले लघु, घरेलु, साना, मझौला उद्यम व्यवसाय मार्फत आन्तरिक स्वरोजगार प्रवर्धन गर्नका लागि प्रदेश सरकारले मधेश स्टार्टअप र नवप्रवर्तन केन्द्रका लागि १५ करोड विनियोजिन गरेको जनाएका हुन् ।

यस सहयोगका माध्यमले उद्यमी/व्यवसायीहरुको व्यवसाय सुरुवाती जोखिम न्युन गर्ने प्रयास गरिने उनको भनाइ छ । 

मधेश आईटी पार्क, प्रादेशिक स्पेश तथा कम्युनिकेशन रिसर्च सेन्टर स्थापनाका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।