कीवर्डहरू -

फेसबुकमा नगर्नुहोस् यी काम ? नत्र ब्लक हुन सक्छ अकाउन्ट

फेसबुकमा नगर्नुहोस् यी काम ? नत्र ब्लक हुन सक्छ अकाउन्ट

सामाजिक सञ्जाल आज सूचनाको प्रमुख माध्यम बनेको छ । स्मार्टफोन भएका जो कोहीले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । तपाईंले पनि सायद सामाजिक सञ्जालबाटै यो खबर पढिरहनु भएको होला ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा परिवारदेखि मोबाइल नम्बर र इमेल आइडीसम्मको जानकारी दिएका हुन्छन् तर केही यस्ता कुरा छन् जुन तपाईंले फेसबुकमा सेयर गर्नु हुँदैन् ।

यस्तो अवस्थामा तपाईंको अकाउन्ट पनि ब्लक हुन सक्छ । आज हामी तपाईलाई फेसबुकमा के के गर्दा अकाउन्ट ब्लक हुन सक्छ भन्ने बारे जानकारी दिदैछौं । 

धम्की दिने वा कसैलाई लक्षित गरी पोस्ट लेख्ने

फेसबुकमा, तपाईंले कुनै पनि व्यक्ति, व्यक्तिहरूको समूह, वा स्थान विरुद्ध हिंसा भड्काउने उद्देश्यले पोस्टहरु सेयर गर्नुहुँदैन् । यसबाहेक, तपाईंले कुनै पनि व्यक्तिलाई कुनै पनि प्रकारको धम्की दिन पाउनुुहुन्न् । यस बाहेक, उपहार÷पैसा माग्न वा कुनै विशेष हतियारको उल्लेख गर्ने अथवा तस्बिर वा हतियार बेच्न वा किन्न अनुरोध गर्ने जस्ता गतिविधि गर्नुहुँदैन् । फेसबुकमा यस्तो पोष्ट गर्नु हुँदैन ।

आतंकवादी गतिविधि

फेसबुकले आतंकवादी गतिविधिमा संलग्न समूह, नेता वा व्यक्तिहरूको समर्थन वा प्रशंसा देखाउने, घृणाको संगठित उत्तेजना गर्ने, सामूहिक वा क्रमिक हत्या गर्ने, मानव बेचबिखन, संगठित हिंसा वा आपराधिक गतिविधि देखाउने सामग्री जस्ता कन्टेन्ट पोस्ट गर्न दिदैन् ।

कुनै पनि गैर–सरकारी संस्था जसले राजनीतिक, धार्मिक वा वैचारिक लक्ष्य हासिल गर्न कुनै समुदाय, सरकार, वा अन्तर्राष्ट्रिय संगठनलाई धम्की दिनका लागि मानिसहरू वा सम्पत्ति विरुद्ध योजनाबद्ध हिंसात्मक जस्ता कार्यहरू समेत गर्न पाइँदैन् । 

प्रतिबन्धित सामानको खरिद र बिक्री

फेसबुकले उत्पादक र खुद्रा बिक्रेताहरूलाई गैर–चिकित्सा औषधि बेचविखन र गाँजा किन्ने, बिक्री गर्ने वा व्यापार गर्न निषेध गर्दछ । बन्दुकका पार्टपुर्जा वा गोलाबारुद लगायतका हतियारको खरिद, बिक्री, उपहार, आदानप्रदान र हस्तान्तरण गर्न पनि प्रतिबन्ध लगाएको छ ।

अपराधलाई प्रोत्साहन गर्ने वा बढावा दिने

फेसबुकले मानिसहरूलाई हिंसात्मक अपराध, चोरी वा धोखाधडीलाई प्रोत्साहन वा प्रचार गर्न दिदैन् । यसका अतिरिक्त, मानिस विरुद्ध हुने शारीरिक हानि, शिकार, माछा मार्ने, धार्मिक बलिदान, लोपोन्मुख प्रजाति वा तिनीहरूको विरुद्ध गरिएका शारीरिक हानिका कार्यहरू पनि गरेमा फेसबुकले अकाउन्ट ब्लक गर्दछ ।

योसँगै पशु पशु बिच झगडा, चोरी, तोडफोड वा सम्पत्तिमा क्षति, ठगी र मानव बेचबिखन जस्तता कार्य गर्न पाँईदैन् । 

हानिकारक

फेसबुकले मानिस, व्यवसाय वा जनावरहरूलाई हानि पुर्याउन सक्ने उद्देश्य वा सम्भाव्यता हुने आपराधिक गतिविधिलाई पनि निगरानी गर्छ र रोक्छ ।