कीवर्डहरू -

नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारी पक्राउ

नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारी पक्राउ

केन्द्रिय अनुसन्धान व्यूरोले नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्याङ्जा स्थायी ठेगाना भएका यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालिन कार्यालय प्रमुख उपसचिव केशव अर्याल, नवलपरासी स्थायी ठेगाना भएका यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्यूटर अधिकृत पदम राज आचार्य, पाल्पा स्थायी ठेगाना भएका तत्कालिन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत सुवास पौडेल रहेका छन् । 

त्यसैगरी तनहुँ स्थायी ठेगाना भई हाल जिल्ला नवलपरासी बर्दघाट सुस्ता पूर्व गैडाकोट नगरपालिका ठेगाना भएका यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्यूटर अपरेटर राजेश लम्शाल र सिरहा घर भएका यातायात व्यवस्था कार्यालय जनकपुर धनुषामा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलिप कुमार शाह रहेका छन् । 

उनीहरूले यातायात व्यवस्था विभागको केन्द्रीय सवारीचालक अनुमतिपत्र प्रणाली (Electronic Driving License- EDL) लागु हुनुभन्दा अगाडि Driving License (DL) प्रणाली कार्यान्वयनमा रहेको ईडीएल प्रणालीमा स्थानान्तरण हुन बाँकी सवारीचालक अनुमतिपत्रहरु पेपरकार्ड विधिमार्फत् यातायात व्यवस्था कार्यालयले ईडीएल प्रणालीमा ईन्ट्री गरि सवारीचालक अनुमतिपत्रहरु वितरण गर्ने व्यवस्था रहेको थियो ।

यसरी पेपरकार्ड विधिमार्फत् यातायात व्यवस्था कार्यालयहरुले सवारीचालक अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु समेतको मिलेमतोमा प्रणालीमा फर्जी विवरणहरु ईन्ट्री हुने गरेको थियो । 

सोका आधारमा गैरकानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाईएपछि उक्त कार्यमा संलग्न ५ जना सरकारी कर्मचारीलाई व्यूरोले पक्राउ गरेको व्यूरोका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् । कर्मचारीहरुलाई पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतबाट दिन ५ म्याद लिई लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भईरहेको छ ।