कीवर्डहरू -

ओमोडा ईभी खरिद गर्नेलाई नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

ओमोडा ईभी खरिद गर्नेलाई नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि र नबिल बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

सवारीसाधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको हो ।

२९ जेठमा भएको सम्झौता अनुसार ओमोडाको विद्युतीय गाडी खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ ।

ग्राहकले देशभर रहेका ओमोडा शोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत सजिलै कर्जाको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

सहकार्य मार्फत ओमोडाका ईभी खरिद गर्न चाहने ग्राहकलाई वित्तीय सहजता उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सम्झौताअनुसार २० प्रतिशत डाउन पेमेन्ट गरी ग्राहकले नबिल बैंकका सबै शाखाबाट ५ वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशतको निश्चित ब्याजदरमा सहजै कर्जा प्राप्त गर्न सक्नेछन् ।