कीवर्डहरू -

बससेवा डटकमले हरेक टिकटबाट एक रूपैयाँ नीलहिरा समाजलाई प्रदान गर्ने

बससेवा डटकमले हरेक टिकटबाट एक रूपैयाँ नीलहिरा समाजलाई प्रदान गर्ने

अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको छ।

यस सम्झौता पत्रमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डट कमका तर्फबाट बजार ब्यवस्थापक डेनिसजंंग थापाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि व्यक्तिले काटेको टिकटबाट निल हिरा समाजलाई एक रुपैयाँका दरले प्रदान गर्नेछ।

सम्झौता अनुसार बससेवा डट कमले आफ्ना सेवाहरुका बारेमा नील हिरा समाजलाई उल्लेख गर्दै कुनै पनि ब्यक्तिले यात्रा गर्नु परेमा आफ्नो मोबाईलबाट घरमा नै बसेर टिकट काट्न सकिनेछ भने टिकट काट्दा यात्रुहरुले ईसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साईबर, मोबाईल बैकिङ्ग र ईन्टरनेट बैकिङ्गमार्फत अनलाईन टिकट काट्न सकिने छ।