कीवर्डहरू -

पातलो आईफोन, म्याकबुक प्रो र वाच ल्याउने योजनामा एप्पल

पातलो आईफोन, म्याकबुक प्रो र वाच ल्याउने योजनामा एप्पल

एप्पलले पातलो आईफोन, म्याकबुक प्रो र एप्पल वाच ल्याउने योजना बनाएको छ । ब्लूमबर्गको मार्क गुरम्यानका अनुसार एप्पलले आईप्याड बाहेक पनि आफ्ना प्रडक्टहरू पातलो बनाउने गरी अगाडि बढेको छ ।

गत महिना मात्रै अहिलेसम्मकै आफ्नो पातलो प्रडक्टको रूपमा एप्पलले आईप्याड प्रो सार्वजनिक गरेको थियो । ब्याट्री लाइफ र मुख्य मुख्य फिचरहरूमा कुनै सम्झौता नगरेर अबका केही वर्षमा पातलो उत्पादन ल्याउने तयारी एप्पलको छ । 

यस अन्तर्गत सन् २०२५ मा पातलो आईफोन आउने बताइएको छ । एक रिपोर्टका अनुसार सन् २०२५ मा आईफोन १७ का सबै मोडेल पातलो गर्ने योजनामा एप्पल केन्द्रित छ, जुन आईफोन एक्स जस्तै रिडिजाइन हुने अपेक्षा गरिएको छ । 

विश्लेषक मिङ चि कुओले एप्पल वाच १० सिरिज पातलो हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार नयाँ एप्पल वाच १० सिरिज लामो स्क्रीन र पातलो डिजाइनमा आउनेछ ।