कीवर्डहरू -

बढ्यो टियागो ईभीको मूल्य

बढ्यो टियागो ईभीको मूल्य

टाटा मोटर्सको विद्युतीय गाडी टियागोको मूल्य १ लाख रूपैयाँले वृद्धि भएको छ । बजेटमार्फत कर बढेसँगै टियागो इभीको सबै मोडलहरूमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको हो । 

योसँगै टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार कायम हुनेछ । 

आगामी आर्थिक वर्षको बजेट नीतिका कारण २ लाख ५० हजारदेखि ३ लाखसम्म मूल्य बढ्ने भए पनि सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सहकार्यमा मूल्य धेरै बढ्दा ग्राहकहरूलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्यूनतम वृद्धि गर्न लागिएको कम्पनीले जनाएको छ । 

कम्पनीको अनुसार अहिले टियागो इभी किन्न सोचिरहेका ग्राहकहरूलाई सीमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ । 

अर्थात सिमित समयका लागि पुरानै मूल्यमा टियागो ईभी किन्न सकिने छ । हालसम्म २ हजार बढीले टियागो ईभी चलाइरहेका छन् ।