कीवर्डहरू -

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले दिए आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले दिए आवेदन

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिन दिएका छन् । आवेदन दिने अन्तिम समय मंगलबार साँज ५ बजेसम्म १७ जनाले दिएका हुन् । 

आवेदन दिनेमा डा. विमल आचार्य, निमित्त एमडी संगीता पहाडी (अर्याल), राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेम प्रसाद सिलवाल, चिन्ता मणि बराल, कृष्ण प्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली, लक्ष्मण महर्जन, ई. सुभाष साह, नगेन्द्रकुमार दास, केदार नाथ कोइराला, रमेश प्रसाद जोशी, ई.शालिक राम सुवेदी, बुद्धि प्रसाद आचार्य र कमल लामिछाने रहेका छन् ।

गत जेठ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो ।

यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल नेशनल पेमेन्ट गेटवेमा भ्रष्ट्राचार मुद्दामा दोषी ठहर भएसँगै टेलिकमको एमडी पद रिक्त रहेको थियो ।