कीवर्डहरू -

एनभीडीया बन्यो विश्वकै मूल्यवान कम्पनी

एनभीडीया बन्यो विश्वकै मूल्यवान कम्पनी

एनभीडीया विश्वकै मूल्यवान कम्पनी बन्न सफल भएको छ । मंगलबार शेयर मूल्यमा वृद्धि भएसँगै माइक्रोसफ्टलाई उछिन्दै एनभीडीया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो । 

मंगलबार बजार बन्द हुने बेलासम्म कम्पनीको बजार मूल्य ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । माइक्रोसफ्टको बजार मूल्य ३.३२ ट्रिलियन अमेरिकी डलर रहेको छ । 

यसअघि एनभीडीयाले एप्पललाई पनि बजार मूल्यका आधारमा पछि पारेको थियो । एप्पल अहिले विश्वको तेस्रो ठूलो मूल्यवान कम्पनी रहेको छ । 

एनभीडीया यस महिनाको सुरूमा ३ ट्रिलियन डलरको बजार क्याप हुने अमेरिकी एक मात्र टेक जायन्ट बनेको थियो । 

एनभीडीया एआई माइक्रो चीप बनाउने कम्पनी हो । पछिल्लो समय एआईको लोकप्रियता बढेसँगै एनभीडीयाको शेयर मूल्य निरन्तर उकालो लागेको छ ।